ताजा अपडेट »

थप ३१०६ जनामा संक्रमण, २३ को मृत्यु

शनिबार, १६ साउन २०७८

बुटवल । शनिबार थप ३ हजार १०६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २६३ नमूना पिसिआर परीक्षण गर्दा २ हजार २८० मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार २५६  गर्दा ८२६ मा संक्रमण देखिएको छ।

कुल १३ हजार ५१९ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।  थप २३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।  पछिल्लो २४ घण्टामा १ हजार ९१६ जना कोरोनाबाट मुक्त भएका छन्।