बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ३६ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा ३३४ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा ३६ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका १५, तिलाेत्तमा नगरपालिकाका ११, देबदह नगरपालिकका ३, सैनामैना नगरपालिका, ओमसतिया गाउँपालिका र कञ्चन गाउँपालिकाका २/२ र सुद्धाेधन गाउँपालिकाका १ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा गरी जिल्लामा कोरोना संक्रमणबाट कुनैपनि संक्रमितकाे ज्यान गएकाे छैन्। हालसम्म जिल्लामा ५१३ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३६३ रहेको छन्।
प्रतिक्रिया