ताजा अपडेट »

आश्रितको जयन्तीमा आर्थिक समृद्धि सम्बन्धि गोष्ठी

शनिबार, १८ साउन २०७६

साउन १८,
बुटवल । नेपाली बामपन्थी आन्दोलनका हस्ती स्व.जीवराज आश्रितको ७५ औं जन्म जयन्तीमा नेपालको आर्थिक समृद्धिबारे जीवराजको दृष्टिकोण विषयक् विचार गोष्ठी बुटवलमा शनिवार सम्पन्न भयो ।


जीवराज आश्रित स्मृति प्रतिष्ठान, बुटवलको आयोजनामा भएको ठोष्ठिमा जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले आश्रितको राजनीतिक एवम् सांगठनिक सवलताबाट धेरै कुरा सिक्न सकिने बताउँदै नेपाली बामपन्थी आन्दोलनका हस्तीलाई असामयिक रुपमा गुमाउनुको पीडा अझ्ै आलो रहेको बताए । अर्थविद् बैकुण्ठ पाण्डेयले जीवराजको परिचय, उनले आर्थिक समृद्धिका लागि कोरेको कल्पना र नेपाली राजनीतिक अर्थशास्त्रमा उनको दृष्टिकोण आफ्नो गोष्ठी पत्रमा पेस गरेका थिए ।

सो गोष्ठी पत्रमाथि राजनीतिक व्यक्तित्व झपेन्द्र जीसी, अर्थराजनीतिका जानकार बलबहादुर आचार्यले टिप्पणी गरेका थिए । साथै नेकपाका नेता गोपाल भट्टराईले जीवराजसँग सिक्नु पर्ने धेरै कुराहरु रहेता पनि अल्पायूमै उनको रहस्यमयी निधनले नेपाली राजनीतिमा धेरै घाटा पुगेको बताए । कार्यक्रममा प्रतिष्ठानका सदस्य डा.मुरारि पराजुलीको स्वागत, महासचिव कल्पना थापाको सञ्चालन र अध्यक्ष उमाकान्त बस्यालको अध्यक्षता रहेको थियो ।