बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ४६ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा ४५६ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा २६ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २४, तिलाेत्तमा नगरपालिकाका १४, देबदह नगरपालिकका ४, सिद्धार्थनगर नगरपालिकाका २, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा १/१ जना संक्रमित थपिएका हुन्।
अद्यावधिक विवरण र पछिल्लो २४ घण्टामा गरी जिल्लामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । हालसम्म जिल्लामा ५१३ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३६३ रहेको छन्।
प्रतिक्रिया