ताजा अपडेट »

दिपु मगरको ‘भुरुङ….’ले उत्साहजनक भ्यूअर्स बटुल्दै

मंगलबार, १४ साउन २०७६

साउन १४ ।
ग्लोबल आवाज
बुटवल । साँगेतीक क्षेत्रमा दशक बढी समय विताएका दिपु मगरले चिलाउनेको भुरुङ लिएर आएका छन् । पछिल्लो समय म्युजिक भिडियोमा समेत जम्दै गएका मगरले यो वर्षको हरितालिका तीजलाई लक्षीत गरी ‘भुरुङ झै गुरुङ झै’ बोलको तीजभाका बजारमा ल्याएका हुन् ।

उनले आफ्नै यूटुभ च्यानलमा भिडियो सार्वजनीक गरेको हप्ता दिनमा नै ३२ हजार बढी भ्युअर्स पाएको छ । दिदी–बहीनीलाई नचाउने गरी उनले ल्याएको नयाँ तीज भाकाले बजारमा राम्रै चर्चा पाएको बताउछन् । आफ्नै शब्द, स्वर रहेको गीतलाई खेम सेञ्चुरीको लय तथा कुमार रानाले मिक्सिङ गरेका हुन् । कृष्ण भान्जाको संगीत संयोजन रहेको गीतलाई मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो भने कृष्ण निर्माण एकता फिल्मस् प्रालिले म्युजिक भिडियो बजारमा ल्याएको छ । रामजी खांड, दिपु मगर, रेनु राना तथा सृजना र अनिमेशको समेत नृत्य रहेको म्युजिक भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् भने मौसम हिमालीको निर्देशन रहेको छ ।

https://youtu.be/3gTHS2LekRs?t=125


विगत १२/१३ वर्षदेखि सञ्चार क्षेत्रमा समेत क्रियाशील मगरले तीज भाकाका विभिन्न ९ वटा एल्वम् ल्याइसकेका छन् भने लोकगीत तथा दोहोरी गीत झण्डै दुई दर्जन ल्याइसकेको उनले बताछन् । दर्जन बढी म्युजिक भिडियोमा देखिएका दिपु मगर प्युठानको नौ बैनी गाउँपालिका-८ मा जन्मिएपनि रुपन्देहीलाई कर्मथलो बनाएका छन् । रुपन्देही लोकदोहोरी प्रतिस्ठानको निवर्तमान सचिव मगरले बजारमा ल्याएको नयाँ तीज भाकाले ३२ हजार बढी भ्यूज पाईसकेको छ । दिपुमगरको आफ्नै यूटुभ च्यानलमा गएर उनले ल्याएको नयाँ तीजभाका हेर्न सकिन्छ ।