ताजा अपडेट »

बुटवल र तिलोत्तमाका पर्यटकीय स्थल चिनाउन शनिबार 'बुटवल कोरा'

विहीबार, ३१ असार २०७८

बुटवल । जिल्ला समइकिलिङ संघ रुपन्देहीको आयोजनामा शनिबार बुटवल कोराको आयोजना हुने भइको छ । बुटवल तथा तिलोत्तमाका विभिन्न पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्यले चौथो संस्करणको रुपमा बुटवल कोराको आयोजना हुने भएको हो ।

बुटवल उपमहानगरको सहयोगमा हुने प्रतियोगितामा रुपन्देही तथा नवलपरासीका ५० जना बढी राइडरहरु बीच हुने साइकल राइडले बुटवल तथा तिलोत्तमाका विभिन्न ठाउँहरुको परिक्रमा गर्ने जिल्ला साइकिलिङ संघका अध्यक्ष पुकार थापाले जानकारी गराए । बुटवलमा रहेको जिल्ला खेलकूद संघको कार्यालय परिसरबाट सुरु भई गोलपार्क, मिलनचोक, राजमार्ग चौराहहुँदै तिलोत्तमाको मणिग्राम, वनबाटिका, कुञ्जपार्क लगायतका ठाउँहरुको परीक्रमा री पुन बुटवल आउने गरी बुटवल कोरा आयोजना गरिएको कार्यक्रम संयोजक एकुकुमारी थापाले जानकारी गराइन् ।

साइकिल राइडका क्रममा पहिलो पटक बुटवलमा २० जना प्रतियोगिहरु बीच मैत्रीपूर्ण साइकल रेसको समेत आयोजना गरिने उनले बताइन् । तिलोत्तमाको कुञ्चपार्कमा खाना तथा नास्तासहितको कार्यक्रम तय गरिएको प्रतियोगितामा व्यक्तिगत रुपमा सहभागिहरुबाट प्रतिव्यक्ति ५ सय रुपैयाँ शुल्क उठाइने आयोजकले जनाएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि एक लाख २६ हजार खर्च अनुमान गरिएको आयोजकले जनाएको छ । नेपालमा पहिलो पटक २०११ मा गरिएको यस प्रकारको कार्यक्रम रुपन्देहीमा सन् २०१८ देखि आयोजना गर्न लागिएको हो । कार्यक्रम बारे जानकारी दिन विहिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बुटवल कोराको जर्सी समेत सार्वजनिक गरिएको छ ।