कपिलवस्तु । जिल्लामा भेरोसेल खोप साउन ३ गते देखि सबै वडाका ९६ स्थानबाट दिने भएको छ । जिल्ला कोभिड ब्याबस्थापन समिती र जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
श्रावण ३ गते आइतबारदेखि ३ दिन अर्थात ५ गतेसम्म (खोप नसक्दासम्म) सबै वडाका (९६ ठाउँ) स्वास्थ्य संस्थाबाट यो खोप दिन लागिएको बताइएको छ ।
सरकारले ५४ वर्षदेखि ५९ उमेर समूहका व्यक्ति तथा औंसधि पसल, फलफूल, तरकारी पसल, खाद्यान्न पसल, होटल, रेष्टुरेन्ट संचालक, पेट्रोलियम ढुवानी र सार्वजनिक यातायात चालक, सह चालक, शिक्षक, विदेश जान भिषा प्राप्त व्यक्ति र पहिले प्राथमिकतामा परेका तर छुटेका व्यक्तिहरूलाई पहिलो डोज दिने जनाएको छ ।
जिल्लामा ३४ हजार ३४ डोज खोप आएको र त्यसको लागि सिमित उमेर समूह र पेशा तोकिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पान्डेले बताए।
प्रतिक्रिया