ताजा अपडेट »

थप २ हजार ६७६ जनामा संक्रमण, ३३ जनाको मृत्यु

विहीबार, ३१ असार २०७८

बुटवल । पछिल्लो २४ घण्टामा थप २ हजार ६७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

१२ हजार ७६८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७८२ र एन्टिजेन विधिबाट ८९४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप १ हजार ७५७ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।