साउन १२,
बुटवल । रोट्रायाक्ट क्लब अफ बुटबल डाउन टाउनको १७ औ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुटबलको अम्रपालि होटलमा भएको कार्यक्रममा वर्ष २०१८/१९ का अध्यक्ष अजित घतानेले वर्ष २०१९/२० अध्यक्ष मधु भट्टराईलाइ पद हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा वर्ष २०१८/१९ का अध्यक्ष अजित घतानेले आफ्नो कार्यकालमा सहयोग गर्ने क्लबका पदधिकारी, कार्यक्रमका संयोजकहरु, बिभिन्न संघ सस्थाका अध्यक्षहरुलाई प्रसंशा पत्रबाट सम्मान गरेका थिए । पद हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटबल उपमहानगर पालिकाका प्रमुख शिबराज शुवेदिले सामाजिक क्षेत्रमा रोट्रयाक्टहरुले खेलेको भुमिकालाइ उच्च मुल्याङ्कन गदै यि संस्थाहरुलाइ अझ प्रभावकारि व्याबस्थीत बनाएर अगाडी लैजानु पर्ने बताए । पर्याटकीय क्षेत्रको रुपमा बिस्तार गर्दै सुखि र समृद्धि नगरको रुपमा बिकास गर्दै अगाडी बढेको उनले बताए । जितगढी, रामापिथेकस जस्ता महत्वपूर्ण पर्याटकिय क्षेत्रको रुपमा प्रचार प्रसार गरि प्रर्याटकीय क्षेत्रको रुपमा अगाडी बढाउनका लागि रुपन्देहिमा रहेका रोटरी क्लव रोट्रयाक्ट क्लवहरुलाइ सहयोगका लागि नगरप्रमुख सुवेदीले आग्रह गरे । पद हस्तान्तरण पछि आफनो जिम्वेवारी लिदै क्लवका अध्यक्ष मधु भट्र्टराइले समयको महत्व बुझेर सामाजिक कार्यमा लाग्ने प्रतिवद्धता व्यक्त गरे । क्लवलाइ समाजिक क्षेत्रमा निरन्तरण अगाडी बढाउने उल्लेख गरे ।
कार्यक्रममा रोटरी डिष्ट्रिकका ए जी इन्द्र सुनावर, गोपाल न्यौपाने, नेकपाका नेता गोपाल राना रोटरी क्लव बुटबल डाउन टाउनका अध्यक्ष लुल्सी घिमिरे मदन भण्डारी स्पोर्टसका केन्द्रीय उपाध्यक्ष धु्रव आचार्य, क्लबका पुर्ब अध्यक्ष राजिव गौतम, गणेश चन्द्र पोख्रेल, सस्थापक सद्स्य तिलक सुन्दर कार्की लगायतले बोलेका थिए । नेपाल पर्यटन बर्ष २०२० लाई प्रर्वधन गर्ने गरि नेपालका महत्वपूर्ण धार्मिक तथा पर्यटकिय स्थलहरुको तस्बिर सहित जानकारी समावेस गरिएको सन्देशमुलक क्लब डाइरेक्टरि र क्लबका पदाधिकारी तथा सदस्यहरुको लागि ड्रेसको रुपमा टीसर्ट समेत बिमोचन गरिएको छ । कार्यक्रम क्लबका इलेक्ट प्रेसिडेन्ट लक्ष्मण पन्थीको स्वागत मन्तव्य अध्यक्ष द्वोय अजित घताने र मधु भट्टराइको अध्यक्षयता सचिव द्वोय डिल्लीराज ढकाल र सौरभ भुषाल को सन्चालनमासम्पन्न भएको थियो ।
प्रतिक्रिया