ताजा अपडेट »

भैरहवाको मुख्य बजार नै डुबानमा

आइतबार, २७ असार २०७८

भैरहवा । आइतबार बिहान परेको भारी बर्षाका कारण भैरहवाको मुख्य बजारहरु डुबानमा परेका छन ।

भैरहवाको प्रहरीटोल, गल्लामण्डी र बैंकरोड लगायतका क्षेत्र नै डुबानमा परेका हुन । डुबानका कारण मुख्य वजार क्षेत्रहरुमा रहेका केही पसल, भैरहवा भिम अस्पताल, जिल्ला प्रहरी कार्यालय लगायतका कार्यालयमा पनि पसेको छ ।

भैरहवा बिमानस्थलमा रहेको जल तथा मौसम कार्यालयका प्रमुख राम नारायण मिश्रले पछिल्लो २४ घण्टामा भैरहवामा ६४ दसमलव २ मिलिमिटर पानी परेको जानकारी दिएका छन । मिश्रले अझै सोमबारसम्म नै भैरहवामा पानी पर्ने सम्भावना रहेको जनाए ।