साउन १०,
ग्लोबल आवाज
गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा पुरिएका मृतक १३ जनाको सव आफन्तले बुझेका छन् । सबै सवको पोष्टमार्टम गरि आफन्तलाई बुझाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।
मँगलवार राती अबिरल वर्षासँगै पहिरोमा परेर सत्यवति गाउँपालिका वडा नम्बर ३ र ४ को लिम्घा र ठूलोलुम्पेकमा उनीहरुको मृत्यु भएको हो । डेढ बर्षीय बालक सञ्जु विक, तारा बिक, माया बिक, बवि विक, निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छलि विक, सिवानी विक, तिल कुमारी तरामु, छोरा दर्शन तरामु र दुर्गाबहादुर सिंजालीको मृत्यु भएको हो । पहिरोमापरि घाइते ठुलोलुम्पेकका करिष्मा र धनी तरामुलाई दुई दिन पछि परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली सहितको टोलीले हेलिकप्टर मार्फत उपचारको लागि काठमाण्डांै लगिएको छ । घाइते २ जनाको टाउकोमा चोट भएकाले थप उपचारको लागि काठमाडौं पठाउनु परेको उपचारमा खटिएकी डक्टर शिला ढकालले बताइन् । उनिहरुको काठमाडौंको त्रिबि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
मृतका परिवारलाई तत्कालको लागि क्रियाखर्च वापत गाउँपालिकाले रु १० हजारका दरले उपलबध गराउने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । थप राहतको लागि केन्द्र सरकार र प्रदेश सरकारको समन्वयमा उपलब्ध गराइने प्रजिअ पौडेलको भनाई छ । पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि हेलिकप्टर मार्फत २० क्विन्टल चामल, दुई क्विन्टल दाल र एक क्विन्टल चिउरा ठुलोलुम्पेकमा छोडेको पौडेलले बताए । पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि दुई स्थानका करिव ६ सय घरपरिवार सुरक्षित स्थानमा सारिएको छ । प्रभावित क्षेत्रमा ३ सय पशु चौपायाँ मरेको अनुमान गरिएको छ । प्रभावित क्षेत्रमा भएको क्षती र बिस्थापित परिवारको नामावली संकलन सुरु गरिदैंछ ।
प्रतिक्रिया