ताजा अपडेट »

वरबोटः पहिले राजाहरुको सभास्थल,अहिले गाउँपालिकाको केन्द्र

विहीबार, २४ असार २०७८
2 Shares

गुल्मी । बाइसे–चौबिसे भुरे–टाकुरे राज्यकालमा गुल्मीको ७ सय धुर्कोट राज्यमा तत्कालिन राजा र भद्र भलाद्मीहरुले सबै खाले निर्णय गर्ने सभास्थल बनेको ऐतिहासिक बर्बोट चौतारोलाई हालको धुर्कोट गाउँपालिकाले संरक्षण गर्न सुरु गरेको छ ।

‘उति बेला धुर्कोट राज्यले राज्यभरका रैती(जनाता)लाई न्याय–निसाफ दिने अदालत जस्तै पनि थियो । यहि चौतारामा बसेर ठूला–ठूला निर्णयहरु पनि गरिन्थ्यो ’–बरबोटका ९६ ब वर्षिय बृद्ध यदुलाल घिमिरेले भने–‘ यो ऐतिहासिक चौतारी हो ।’

त्यस्तै गाउँपालिका उपप्रमुख शिवबहादुर खत्रीले भने–‘अहिले मदानेगाउँपालिकामा गभिएको सविक भनभने गाविस समेत धुर्कोट राज्य भित्र पर्ने र धुर्कोटभरका जनतालाई न्याय–निसाफ दिने चौतारो थियो रे त्यहाँ , त्यसैले हिजोको चिनोलाई संरक्षण गर्न लागेका हौं।’ त्यसै वर रुखको चौताराको नामबाट वर्बोट नामाकरण गरिएको उनको भनाई छ । ‘उक्त चौताराको नामोनिशान मेटिएको थियो’– धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले भने–‘यसर्थ त्यस ऐतिहासिक चौतरोलाई संरक्षण गर्न सुरु गरेका छौं ।’

त्यस स्थानमा शानदार चौतारो निर्माण गरी वरको विरुवा रोपण गरिएको छ । गाउँपालिका प्रमुख पोखरेल,उपप्रमुख खत्री,प्रमुख प्रशासकिय अधिकृत काँशीराम पन्थी सहभागि भई उनै ९६ बर्षीय बृद्ध घिमिरेबाट वृक्षारोपण गराईएको थियो । संयोगः त्यसै वरवोटमा धुर्कोट गाउँपालिकाको केन्द्र बन्न पुगेको छ ।