ताजा अपडेट »

रुपन्देहीमा थपिए ३३ संक्रमित, मृत्यु हुनेको संख्या शून्य

मंगलबार, २२ असार २०७८

बुटवल। रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा ३३ जनामा संक्रमण पुष्टि भएको छ भने २१ ​जना निको भएका छन् । १२० जनाको नमुना परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १०, देवदह नगरपालिका र तिलोत्तमा नगरपालिकामा ७-७ सिद्धार्थनगर नगरपालिकामा ३, कञ्चन गाउँपालिका २,सैनामैना नगरपालिका, शियारी, मायादेबी र ‌ओमसतिया गाउँपालिकामा १-१ जना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा कोरोनाबाट कुनैपिन संक्रमितको ज्यान गएको छैन । जिल्लामा अहिलेसम्म जिल्लामा ४९० जनाको ज्यान गईसकेको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३४१ रहेको छन्।