ताजा अपडेट »

५ करोड बढी लागतमा बनेको बुटवलस्थित कृषि उपज केन्द्रको भवन प्रयोगविहिन (भिडियो सहित)

मंगलबार, २२ असार २०७८
2 Shares

बुटवल । कालीमाटी पछि देशकै सबैभन्दा ठूलो तरकारीको कारोबार हुने स्थान,बुटवल कृषि उपज थोक बजार केन्द्रलाई बिस्तार गर्नको लागि भवनमा माथिल्लो तल्ला थपियो । तर, थपिएको भवनमा निर्माण सकिएको लामो समय भइसक्दा समेत प्रयोगमा ल्याइएको छैन् ।बुटवल उपमहानगरपालिका वडा नम्बर ६ को कार्यालय पनि माथिल्लै तल्लामा राखिएको छ । १–२ वटा प्रयोगमा आएपनि अन्य कोठाहरु प्रयोगमा आएका छैनन् । केन्द्रका अध्यक्ष धनश्याम भुसालले निर्माण सम्पन्न गरेर ठेकेदार गएपनि भित्रि काम (फिनिसिङ) नसकिएको बताउँछन् ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको व्यवसायीक कृषि तथा व्यापार आयोजना ( प्याट )ले निर्माण गरेको यस भवनको माथिल्लो तल्लामा सम्पूर्ण काम नसकिएको अध्यक्ष भुसालले बताए । गौरी पार्वती निर्माण सेवा प्राली कलंकी र कर्मा कन्स्ट्रक्सन प्राली काठमाडौले निर्माण गरेको भवन ५ करोड २१ लाख बढिमा निर्माण भएको हो । भवनमा भूँई तल्ला ६२ सटरमा ५७ बढि व्यवसायीहरुले व्यवसाय सञ्चालन गरिरहेका छन् । माथि थपिएका मध्य ३३ वटा व्यवसायीक प्रयोजनमा ल्याउन मिल्ने खालका रहेका छन् ।

टेण्डर प्रक्रियाको लागि काम अगाडि बढिसकेको भएपनि माथिल्लो तल्ला भएकोले गह्रौ खालका सामग्री हुने व्यवसायी बस्न नसक्ने भएकोले समस्या भएको बताउँछन् । माथिल्ले तल्लामा फुल, च्याउ एवम् कृषिसँग सम्बन्धित कार्यालय तथा संकलन केन्द्रहरु बनाउन सकिने गरि टेण्डर प्रक्रिया केहि समयमा नै शुरु हुने उनले बताए ।‘कोरोनाको कारणले टेण्डर प्रक्रिया ढिलाई भएको हो, सरकारले बनाइदिएको कुरालाई हामीले प्रयोगमा ल्याए आय नै बढ्छ त्यसैले छिट्टै ल्याउँछौँ ।’ – उनले भने – ‘ तत्काल प्रयोग गर्न गाह्रो छ, किनकी केहीका ढोका छैनन्, केहीमा उपकरणहरु नै छैनन् भने केहिमा जाली एवम् झ्याल नहुँदा बादरहरुले समस्या दिएका छन्।’

निर्माण सकेको जानकारी केन्द्रलाई नगरी ठेकेदार गएको र सरकारबाट हस्तान्तरण गरिएको भन्ने पत्र मात्रै आएकोले पूर्णतामा ढिलाई भएको बताउँदै उनले यसमा भएका कमी–कमजोरीहरुको बारेमा सरकारलाई जानकारी गराईसकेको र आगामी आर्थिक वर्षको लागि २५ लाख रुपैयाँ बिनियोजन भएकोले छिट्टै सम्पन्न हुने र सञ्चालन हुने बताउँछन् ।

माथिल्लो तल्लामा मासिक १ लाख भन्दा माथि भाडा उठाउन मिल्ने गरि टेण्डर प्रक्रियाको काम भइरहेको बताए । कोभिडको महामारीको कारणले कुनै बिशेष काम नभएपनि भुईतल्लामा व्यवसाय गर्दै आएका व्यवसायीहरुले माथिल्लो तल्लामा क्यारेटहरु राख्ने काम मात्रै भएको उनले बताए । कोभिडको कारणले व्यवसायीहरु मारमा परेको बताउँदै उनले सुरक्षित भएर व्यवसाय गर्नको लागि कोरोना परिक्षण लगाएतका कार्यहरु गरेको बताए ।कोरोनाको कारणले केही समय बन्द भएको केन्द्रका व्यवसायीहरुको कोरोना परिक्षण गरेर मात्रै खोलिएको बताउँदै नयाँ व्यवसायीहरुको लागि पनि सहज वातावरण निर्माण गरिरहेको उनले बताए ।

यता बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगदिश आचार्यले केन्द्र मातहतको भवनलाई स्थानीय तहले स्वामित्व लिन लागेको बताउँदै अब केही समयमानै टेण्डर प्रक्रिया हुने र नयाँ व्यवसायीहरु भवनमा आउने बताउँछन् । उनले कोरोनाको कारणले केही ढिलाई भएको बताउँछन् । आफ्नै कार्यालय रहेको भवनमा अहिले कुनै बहाल नतिरेपनि आवश्यक परेमा तिर्ने उनले बताए।

लुम्बिनी प्रदेशका जिल्लाहरुका साथै काठमाडौ, पोखरा लगाएतका स्थानमा समेत यहाँबाट तरकारीहरु एवं फलफूलहरु पुग्ने गरेको छ ।

https://www.youtube.com/embed/8OVxDpepDvU