ताजा अपडेट »

कोपा अमेरिका : सेमिफाइनल समीकरण पूरा, को-को भिड्दै ?

आइतबार, २० असार २०७८

एजेन्सी । जारी कोपा अमेरिका फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

क्वाटरफाइनल अन्तर्गत आइतबार बिहान अर्जेन्टिना र इक्वेडरबीचको खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो । यस संकरणमा साविक विजेता ब्राजिल, अर्जेन्टिना, कोलम्बिया र पेरुले सेमिफाइनलमा स्थान बनाएका छन् ।

अब सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियासँग खेल्नेछ भने ब्राजिलले पेरुसँग प्रतिस्पर्धा गर्नेछ ।

सेमिफाइनल तालिका :

मंगलबार बिहान ४:४५ बजे - ब्राजिलविरुद्ध पेरु

बुधबार बिहान ६:४५ बजे - अर्जेन्टिनाविरुद्ध कोलम्बिया