काठमाडौं । नेकपा एमालेले आगामी २०७९ वैशाख ३० गतेभित्र १० औं महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । शनिवार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले वैशाख ३० गतेभित्र महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् ।
यसअघि एमालेले २०७८ मंसिरमा दशौं महाधिवेशन गर्न प्रस्ताव गरिएको थियो । तर, अहिले सारेर वैशाख पुर्याउने प्रस्ताव गरेको हो ।
यस्तै, पोखरेलले संगठनिक प्रस्ताव पनि पेश गरेका छन् । उनले पार्टी सदस्यता असार मसान्तसम्म नवीकरण र वितरण गरी साउन ५ भित्र केन्द्रमा पठाउन, पार्टी विधान संशोधन प्रस्ताव असार २५ गतेभित्र मातहतका कमिटीमा पठाउने प्रस्ताव पेश गरेका छन् ।
प्रतिवेदनमा पूर्व माओवादी पृष्ठभूमिका नेताहरुले आफूहरु तर्फको सदस्यता कसरी टुंगाउने भनेर प्रश्न गरेका छन् । ‘पूर्व माओवादीको तर्फबाट एमालेमा आएका र सदस्यता रेकर्ड नभएकालाई कसरी समेट्ने ?’ पूर्व माओवादी पृष्ठभूमिका एक नेताले भने ।
प्रतिक्रिया