ताजा अपडेट »

टहरामाथि टिपर खस्दा २ जनाको मृत्यु

शनिबार, १९ असार २०७८

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ मुलपानी नजिकै टिपरले च्यापेर २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक पुरुष र एक महिला छन् ।

आज बिहानै सवा ४ बजे बा ५ ख २५११ नम्बरको टिपर अनियन्त्रित भएर सडकबाट अन्दाजी ५० मिटर तल टहरामाथि खसेको थियो ।

टिपर खस्दा टहरामा रहेका २ जनाको च्यपिएर मृत्यु भएको हो। टिपर चालक नियन्त्रणमा रहेको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।