साउन ७,
ग्लोबल आवाज
गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडाको ३ घरमा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको छ । सत्यवती गाउँपालिकाको लिम्घामा ८ जनाको र ठूलो लुम्पेकमा २ र १ जना पहिरोबाट बच्नका लागि भाग्ने क्रममा मृत्यु भएको हो । सत्यवति गाउँपालिका वडा नम्बर ४ को लिम्घामा मृतक मध्ये ६ जनाको सव बाहिर निकालिएको छ । अरु २ जनाको सव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
पहिरोमा परेर मृत्यु हुनेहरुमा ६५ वर्षिय छल्ली बिक, २८ वर्षिय कम्बु बिक, २५ वर्षिय निर्मला बिक, १२ वर्षिय अंजली बिक, १० वर्षिय हेमन्त बिक, ७ वर्षिय शिवानी बि.क.को सब बहिर निकालिएको प्रहरी जनाएको छ । त्यस्तै सोहि गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षिय तिलकुमारी त्रामु, ९ वर्षिय दर्शन त्रामु र पहिरोबाट बच्न भाग्ने क्रममा ६३ दुर्गाबहादुर सिंजाली मृत्यु भएको हो । पहिरोमा ८ वर्षिय तारा बिक ६ वर्षिय सुमन बिकको सब निकाल्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए । एक जना वालक सन्दीप बि.क मावली घरमा गएकाले जिबितै रहेका छन् ।
ठूलोलुम्पेमा रुद्र बिकको घर पहिरोले घर पुरेकोे छ । पहिरोमा घर घर पुरिदा ४० वर्षिय मायाँ बिक र १६ वर्षिय गबि बिक बेपत्ता भएका छन् । पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवती ४ का १० वर्षिय करिश्मा त्रामु र १३ वर्षिय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएको छ । गएरातीदेखि परेको अबिल वर्षातले घरमाथीबाट पहिरो जँदा घरमा सुति रहेकाहरुको मृत्यु भएको हो । उद्धारको लागि जिल्लाबाट प्रहरी नायव उपरिक्षक मिनबहादुर घले, शसस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रामयमाझी सहितको टोली घटना स्थलल पुगेर उद्धार कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । पहिरो प्रभावित क्षेत्रमा डक्टर सहितको स्वस्थ्य टोली पनि पुगेको छ ।
जिल्ला बिपद व्यवस्थापन समितिको बैठकले उद्धार र राहतमा जुटने निर्णय गरेको छ । ठूलो पहरो भएकाले मृत्यु हुनेहरुको संख्या बृद्धि हुनसक्ने बताइएको छ ।
सोमबार रातिदेखि परेको वर्षात्का कारण ठूलो लुम्पेकको करिब २ सय घर जोखिममा रहेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए । सिङ्गो गाउँ नै पहिरोको प्रभावित रहेकाले संख्याको आकंलन गर्न सकिने अबस्था नरहेको अध्यक्ष ढकालले बताए । घरहरु जोखिममा रहेकाले स्थानिय बिद्यालयहरुमा बसि रहेका छन् । कुनै पनि समयमा पहिरो खस्ने डरले स्थानिय त्रसित हुँदै उनिहरुलाई खानपिनको लागि वडा कार्यालयले व्यवस्थापन गरेको छ ।
प्रभावित क्षेत्रमा जिल्लाबाट र बुटवलबाट स्वास्थ्य सहितको उपचारको लागि खटिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । पहिरो प्रभावित क्षेत्रमा जिल्लाबाट रेडक्रम, जिल्ला समन्वय समिति, नेकपाका अरु राजनितिक पार्टीका नेता तथा कार्यकर्ता र स्थानियहरु प्रभावित क्षेत्रमा उद्धारको लागि खटिएका छन् । घटना स्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्व तर्फ पर्दछ । घटना स्थल पुग्न करिब ३ घण्टा वढि समय लग्छ ।
गुल्मीको सत्यवती गाउँपालिकाको बिभिन्न स्थानमा पहिरो प्रभावित क्षेत्रमा काठमाडौंबाट परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली हेलिकप्टर मार्फत राहत सहित प्रभावित क्षेत्रमा पुगेका छन् । मन्त्री ज्ञवाली, गृह मन्त्रालयका सह–सचिव इन्दु घिमिरे, डक्टर रेशम ज्ञवाली, मन्त्रीका प्रेस सल्लाहाकार सुदन ज्ञवाली सहितको टोलि लिएर प्रभावित क्षेत्रमा लागेका छन् ।
त्यस्तै प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बराल औषधी, टेन्ट र रभाडाकुडा सहितको लिएर प्रभावित क्षेत्रतर्फ लागेका छन् । मन्त्रीहरुले प्रभावित क्षेत्रमा पुगेर उनले स्थलगत अवलोकन गर्नुका साथै प्रभावित परिवारलाई राहत सामाग्री वितरण गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रीका प्रेससल्लाहकार सुदन ज्ञवालीले बताए ।
मन्त्रीहरु ज्ञवाली र बरालले जिल्लाको सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा पहिरोमा पुरिएर मृत्यु हुनेहरुप्रति दुख व्यक्त गर्दै राहत र उद्धारमा जुटन आग्रह गरे । गुल्मी क्षेत्र नम्बर १ मा पर्ने उक्त स्थान ज्ञवाली र बरालको निर्वाचन क्षेत्र हो । पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडाको ३ वटा घरमा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको छ । पहिरो प्रभावित क्षेत्रमा जिल्लाबाट रेडक्रम, जिल्ला समन्वय समिति, नेकपाका अरु राजनितिक पार्टीका नेता तथा कार्यकर्ता र स्थानियहरु प्रभावित क्षेत्रमा उद्धारको लागि खटिएका छन् ।
प्रतिक्रिया