साउन ७,
ग्लोबल आवाज
बुटवल । गयराती परेको अविरल वर्षका कारण गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ जना पुगेको छ । मृत्युहुने ८ जनाको सनाखत भईसकेको छ भने अन्यको सनाखत हुन बाँकी छ । गाउँपालिकाको वडा नम्बर ३ र ४ मा भएको पहिरोमा परि ४ जना वेपत्ता भएका छन् ।
मृत्यु हुनेमा वडा नम्बर ३ को कसिङथलामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । वडा अध्यक्ष रुक बहादुर रानाले दिएको जानकारी अनुसार पहिरोल घर पुरीँदा वर्ष ३४ की तिलाकुमारी तरामु, वर्ष ९ को छोरा दर्शन तरामुको ज्यान गएको छ । अन्य २ जना छोरीहरु घाईते भएको उनले जानकारी गराए । सोहि वडामा रुद्र बिकको घर बगाएको पहिरोले बगाएको छ । पहिरोले घर बगाउँदा ४० वर्षिय मायाँ बिक र १६ वर्षिय गबि बिक बेपत्ता भएका छन् । अरु २ जजना बेपत्ताको नाम थर खुल्न सकेको छैन् । पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवति ४ का १० वर्षिय करिश्मा त्रामु र १३ वर्षिय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएका छन् ।
यसैगरी गाउँपालिकाको वडा नम्बर ४ मा ८ जनामो मृत्यु भएको वडा अध्यक्ष दानबहादुर रानाले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा एकै घरका ६५ वर्षिय छल्ली बिक, ३२ वर्षीया निर्मला वि.क, २८ वर्षिय पम्फा, १२ वर्षिय अंजली बिक, सिवानी बिक, वर्ष ५ हिमान्सु बिक र अन्य २ जना रहेका छन् ।
यसैबीच गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेप्रति परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले दुख ब्यक्त गरेका छन् । जिल्लाको सत्यवक्ति गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा पहिरोमा पुरिएर मृत्यु हुनेहरुप्रति दुख व्यक्त गर्दै राहत र उद्धारमा जुटन आग्रह गरेका छन् । ज्ञावलीले उद्धार राहतको लागि कुनैपनि कशुर बाँकी नराखी जुट्न आग्रह गरेका छन् । गुल्मी क्षेत्र नम्बर १ मा पर्ने उक्त स्थान ज्ञवालीको निर्वाचन क्षेत्र हो ।
प्रतिक्रिया