ताजा अपडेट »

पुष्पलालको सम्झनामा वृक्षारोपण

मंगलबार, ०७ साउन २०७६

साउन ७,

बुटवल । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको आज ४१ औँ स्मृति दिवस । देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ ।


यसैबीच पाल्पाको तिनाउ गाउँपालिकामा वृक्षरोपण गरेर स्मृति दिवस मनाइएको छ । नेकपा तिनाउका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेशसभाका सांसद तुलाराम घर्ती, जिल्ला सचिव गिरबहादुर थापा, प्रदेश सदस्य चक्रब्यूह थापा तथा तिनाउ गाउँपालिका प्रमुख ओम बहादुर घर्ती लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा बोल्दै सहभागिहरुले पुष्पलालको नेपाली राजनीतिमा योगदानको चर्चा गर्दै उनले लिएका विचारलाई साकार पार्न सके मात्रै सच्चा श्रद्धाञ्जली हुन सक्ने विचार व्यक्त गरेका थिए ।