ताजा अपडेट »

एमालेको महाधिवेशन आयोजक कमिटी भंग, माधव समूहमाथिको कारवाही निष्क्रिय

बुधबार, १६ असार २०७८
1 Shares

काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरिएको छ । 

बुधवार बसेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले कमिटी भंग गर्दै केन्द्रीय कमिटीमा रूपान्तरण गरेको हो । रूपान्तरित केन्द्रीय कमिटीको बैठक यही असार १८ गते काठमाडौंमा बस्ने गरी आह्वान गरिएको छ । 

यस्तै, महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाहीसमेत निष्क्रिय भएको एक नेताले जानकारी दिए ।