काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ ।
बालुवाटारमा बसेको आजको बैठकले कमिटीलाई भंग गरी २०७५ जेठ २ गतेको केन्द्रीय कमिटीमा रूपान्तरण गर्नेछ ।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ । तर माधव पक्षका नेताहरु भने गएका छैनन् ।
यही असार १८ गते केन्द्रीय कमिटी बैठक बोलाउने तयारी मंगलबारको स्थायी कमिटी बैठकले गरेको छ ।
प्रतिक्रिया