ताजा अपडेट »

लुडो खेलेका यातायातकर्मीलाई जोर-विजोर टाईमपास मात्रै

बुधबार, १६ असार २०७८
1 Shares


बुटवल। रुपन्देहीमा कोरोना संक्रमितहरुको संख्या घटेको भन्दै निषेधाज्ञालाई खुकुलो बनाईएको छ। निषेधाज्ञा खुकुलो बन्दा केही पहिला सम्म निजी सवारीहरु जोर विजोरमा सञ्चालन भएपनि मंगलबार देखि सार्वजनिक सवारी साधनहरुमा पनि जोर विजोर लागू भएको छ।

अघिल्लो लकडाउन देखि नै बन्द रहेका यातायात व्यवसायीहरुका गाडिहरु जोरविजोरमा सञ्चालन भएपनि आम्दानीको भने राम्रो नभएको यातायातकर्मिहरु बताउँछन्। यातायात चलेपनि अझैपनि सार्वजनिक सवारीमा चढ्ने यात्रु कम नै रहेका छन्। भैरहवा देखि बुटवल ६ जना मात्रै यात्रु लिएर आएको बसका कर्मचारी टाईमपास मात्रै भएको बताउँछन्।

लु २ ख २७८० नम्बरको बसका लगानीकर्ता समेत रहेका उनले आफ्नो नाम भने बताएनन्। उनले लकडाउनको समयमा लुडो खेलेर टाईमपास भएको बताउँदै अहिले आम्दानी भन्दापनि टाईमपास मात्रै भएको बताउँछ्न। हातमा केही सयका नोट देखाउँदै उनले भने -‘बिहान देखि ४ ट्रिप गर्‍यौँ कमाई यत्ति हो। बाटोमा मान्छे त छन् तर चढ्दैनन्।’

उनको हातमा बढिमा ६ सय रुपैयाँ थियो। बुटवल भैरहवा रुटमा चल्ने सवारीले पहिले ६० रुपैयाँ लिन्थे, तर आजभोली ९० रुपैयाँ सम्म लिन पाईन्छ। सडकमा मानीसहरु देखिएपनि नचढेको उनले बताउँछन्।

उनीमात्रै होईन बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको लु १ ख ४११०को सवारीका सहचालक बस भरि गराएर हिड्ने गरेको भएपनि खाली - खाली बस लिएर हिड्नु परेको बताए। सर्भिसिङ गरेको खर्च १ महिना हिड्दा समेत नउठ्ने बताउँदै अहिले आधामात्रै यात्रु राख्नु भनेपनि बसमा बढिमा ६ जनासम्म यात्रु मात्रै चढ्ने गरेको बताउँछन्।

सार्वजनिक सवारी चलेसंगै मुख्य राजमार्ग छेउछाउँका सडकहरुमा यात्रुहरुको चहलपहल केही बढेको छ।

https://www.globalaawaj.com/archives/117481