साउन ७,
काठमाण्डौं । आइसीसी टी २० विश्वकप एसिया फाइनल क्वालिफायरको पहिलो खेलमै नेपाल पराजित भएको छ। नेपालले सोचे अनुसारको प्रदर्शन गर्न नसक्दा वरीयताका तल रहेको कतारसँग ४ विकेटले पराजित भएको छ। नेपालले लिएको १२३ रनको लक्ष्य कतारले ४ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो। कतारका लागि इमान उल हकले सर्वाधिक ४१ रन बनाए। यस्तै कमरान खानले २२ रन जोडे।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। उनले ४ ओभरमा ३३ रन खर्चे। किफायती बलिङ गरेका बसन्त रेग्मीले ४ ओभरमा १४ रन मात्र खर्चिए भने विकेट लिन सकेनन्। सिंगापुरको इन्डियन एसोसिएसन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको थियो। नेपालको लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रन बनाए। कप्तान पारसले २८ र उपकप्तान ज्ञानेन्द्र मल्लले २३ रन जोडे।
कतारका लागि इक्वाल हुसेनले ३ विकेट लिए। यस्तै कप्तान तमुर सज्जादले ४ ओभरमा १४ रन मात्र खर्चेर २ विकेट लिए। नोउमन सरवारले पनि २ विकेट लिए।
प्रतिक्रिया