साउन ७,
ग्लोबल आवाज
गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । जिल्लाको सत्ययती गाउँपालिका–२ वटा वडा पहिरोले घर पुरिदा ६ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । सत्यवती गाउँपालिकाको ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षिय तिलकुमारी तरामु, ९ वर्षिय दर्शन तरामु मृत्यु भएको हो । त्यस्तै सोही गाउँपालिका वडा नम्बर ४ को लिम्घामा ६५ वर्षिय छल्लली बिक, २८ पम्फा १२ वर्षिय अंजली बिक, १० वर्षिय हेमन्त बिक बिकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवती ४ का १० वर्षिय करिष्मा तरामु र १३ वर्षिय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएको छ । गएरातीदेखि परेको अविरल वर्षात्ले घरमाथीबाट पहिरो जँदा घरमा सुतिरहेकाहरुको मृत्यु भएको हो ।
घटना स्थलमा जिल्लाबाट ३ वटै सुरक्षा निकायका टोलि उद्धारको लागि घटना स्थल पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । अहिले पनि पानी परिरहेकाले उद्धारमा समस्या भएको पौडेलले भनाई छ । राहत र उद्धारको लागि जिल्ला बिपद व्यवस्थापन समिति तयारी अबस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेले बताए ।
प्रतिक्रिया