ताजा अपडेट »

लुम्बिनी प्रदेशमा मल अभाव हुन दिँदैनौ : मन्त्री यादव

मंगलबार, १५ असार २०७८

बुटवल । लुम्बिनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय बहादुर यादवले कुनैपनि कृषकलाई मल अभाव हुन नदिने बताएका छन । असार १५ का दिनमा आफ्नो निर्वाचन क्षेत्र बाँके खजुरा पुगेका मन्त्री यादवले आउँदा दिनमा मल अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

किसानहरूको मुख्य खाद्यान्न धान रोपाइ गर्दैगर्दा मन्त्री यादवले यस्तो प्रतिबद्धता व्यक्त गरे । प्रदेशभरि धान खेती हुने कुल ३ लाख ३४ हजार ६७५ हेक्टर क्षेत्रफलमा सकेसम्म सबैमा रोपाइ गर्ने वातावरण मिलाएको बताउँदै लुम्बिनी प्रदेशलाई कृषिमा अगाडि बढाउनको लागि वडा स्तरसम्म पनि कार्यक्रमहरू चलिरहेको बताए । 

मल वितरणमा केही अनियमितता रहेको भन्ने खबर आएको बताउँदै यसलाई अनुगमन गरेर व्यवस्थापन गर्ने बताए । उनले अहिलेको नीति कार्यक्रममा पनि कृषिलाई प्राथमिकतामा राखेको बताउँदै कृषि क्षेत्रमा अझै लाग्नको लागि प्रदेशवासीलाई आग्रह समेत गरेका छन् ।