ताजा अपडेट »

नेकपाको एकता : ८ महिला मात्र जिल्ला इन्चार्ज

आइतबार, ०५ साउन २०७६

साउन ५,
काठमाण्डौं । सत्तारुढ नेकपाले ७७ मध्ये ८ जिल्लामा मात्र महिला इन्चार्ज बनाएको छ । यस्तै ६ मध्ये दुई महानगरपालिका कमिटीका इन्चार्जमा महिलालाई जिम्मा दिइएको छ । महिला इन्चार्जहरुमा तेह्रथुममा जयन्ती राई, रसुवा बिमला सुवेदी, दोलखामा देवी खड्का,काठमाण्डौंमा सावित्रा भुसाल छन् ।

भूमि व्यवस्था तथा सहकारीमन्त्री पदमा अर्याल स्याङजाको इन्चार्ज बनाइएकी छन् । बागलुङको इन्चार्जमा बलावती शर्मा र मुस्ताङमा श्रीमाया थकाली इन्चार्ज भएका छन् । भरतपुर महानगरपालिकाको इन्चार्जमा मेयर रेणु दाहाल र भक्तपुर महानगरको इन्चार्जमा संविधानसभा सदस्य सुशीला नेपाल तोकिएका छन् । इन्चार्जको जिम्मेवारी पाएका सबै १० जना नै केन्द्रीय सदस्य हुन् ।