ताजा अपडेट »

नेकपाको एकता प्रक्रिया : जिल्ला कमिटी र महानगरपालिका कमिटीको टुगों

आइतबार, ०५ साउन २०७६

साउन ५,

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला कमिटी र महानगरपालिका कमिटीको टुगों लगाएको छ । आज बसेको सचिवालयको बैठकले ७७ वटा जिल्लाको इन्चार्ज र सहइन्चार्ज तथा छवटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्ज टुगों लगाएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

केन्द्रीय समितिको कार्यविभाजन र अन्य बाँकी रहेका एकता प्रकृयाको विषयमा मंगलवार बस्ने सचिवालयको बैठकले टुगों लगाउने उनले बताए । ७७ जिल्ला र ६ महानगरपालिका गरी जम्मा ८३  मा ४५ तत्कालीन एमाले र ३८ तत्कालीन माओवादी केन्द्रले पाएको छ । कार्यविभाजनको बारेमा बैठकमा छलफल भएको बताउँदै उनले केही कुरामा सहमति नबनेको बताए ।

 वामदेव गौतमलाई संगठन विभागको प्रमुख दिने निर्णय भएको हो भन्ने जिज्ञासामा उनले भने, केही कसैलाई दिएको छैन, ‘वामदेवजीलाई लागेको होला कि सचिवालयले संगठन विभाग प्रमुख बनाई देला तर निर्णय केही भएको छैन ।’ ७७ वटा जिल्लाको इन्चार्ज, सहइन्चार्ज र महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको विवरण अइतबार बेलुका मात्र उपलब्ध गराउने उनले बताए ।