ताजा अपडेट »

युरोकप : डेनमार्क क्वाटरफाइनलमा, वेल्स ४ गोलले पराजीत

आइतबार, १३ असार २०७८

बुटवल । डेनमार्क १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको पहिलो प्रि-क्वाटरफाइनलमा १० खेलाडीमा सिमित वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा पुगेको हो ।

खेलको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । माहेललाई फउल गरेपछि उनलाई सिधै रातो कार्ड दिईएको थियो । त्यसपछि इन्जुरी समयको चौंथो मिनेटमा मार्टिनले गोल गर्दै डेनमार्कलाई ४-० को सानदार जित दिलाए । आन्द्रेसको पासलाई उनले सदुपयोग गरेका हुन् ।

यस जितसँगै डेनमार्क जारी युरोकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । वेल्स भने प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ ।