साउन ३,
गुल्मी । हिन्दु महिलाहरुको तिज पर्व आउन झण्डै डेढ महिना वढि समय बाँकी छ । तर कलाकारहरुलाई भने तिज पर्व लागि सकेको छ । तिज सम्बन्धी गीतहरु रेकर्ड, भिडियो तयार गर्न कलाकाहरु व्यस्त छन् ।
यस वर्षको तिज पर्वलाई मध्य नजर राखेर गायिका एवम् लोकप्रिय उद्घोशिका कल्पना कुसुमको ‘हाम्रा बाबाले किनदेको पछ्यौरी’ बोलको तिज गीत सार्बजनिक भएको छ । पछिल्लो केहि वर्षयता लगाता तिज सम्बन्धी गीत सार्बजनिक गर्दै आएकी गायीका कुसुमले यसवर्ष पनि तिज बिशेष गीत सार्बजनिक गरेको बताइन् ।
गीतमा गायिका कल्पनाको स्वर रहेको छ भने नारायण पाण्डेयको शब्द रहेको छ । इन्दिरा पाण्डेको संगीत संकन रहेको गीतमा अर्जुन पोखरेलको एरेन्ज रहेको छ । गीतमा टिका जैसी, डिलसारारानी खनालको अभिनय रहेको तिज गीत कल्पनाले आफनै युट्युव च्यानबाट सार्बजनिक गरेकी हुन् ।
प्रतिक्रिया