ताजा अपडेट »

सुनको मूल्य : प्रतितोला ५ सयले वृद्धि

शुक्रबार, ०३ साउन २०७६

साउन ३,

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन प्रतितोला ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन बिहिबार ६५ हजारमा कारोबार भएको थियो । आज ५ सयले बढेर सुन ६५ हजार ५ सय कायम भएको हो ।

असार २७ देखि ६४ हजार ५ सयमा कारोबार भएको सुन बिहिबार ५ सयले बढेर ६५ हजार कायम भएको थियो, भने आज शुक्रबार पनि प्रतितोला ५ सयले बढेर ६५ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।आज छापावाला सुन ६५ हजार २ सय कायम भएको छ ।त्यस्तै आज चाँदी भने प्रतितोला ५ रुपैंयाँले घटेर ७ सय ६० कायम भएको छ ।