गुल्मी । गुल्मी जिल्ला , नेपाल सरकारका उच्च पदस्थ कर्मचारीदेखि राष्ट्रिय राजनीतिका हस्तीहरु भएको जिल्ला मानिन्छ । तर, रिडी,रुद्रवेणी वामीटक्सार सडक खन्न सुरु गरेको झण्डै ५० वर्ष हुँदासम्म पनि उक्त सडकको अवस्था उस्तै प्रायः छ । ठाउँ–ठाउँमा खोला–पहिरोका कारण हरेक वर्षको वर्षयाममा उक्त सडक अबरुद्ध हुँदै आएको छ र गुल्मी सहित बाग्लुङ्ग र रुकुमसम्मका हजारांै जनताले सास्ती खेप्दै आएका छन्।
तत्कालिन राष्ट्रिय पञ्चायतका सदस्य बैकुण्ठबहादुर चन्दको अगुवाईमा २०२६ सालबाट तानसेन,रिडी–तम्घास मोटरबाटो खन्न सुरु गरिएको तम्घासका पुराना समाज सेवी ७२ बर्षीय नन्दराम भुसाल बताउँछन् । त्यस अनुसार यो सडक खन्न सुरु गरेका ५२ बर्ष भएछ । उनका अनुसार २०३८ सालमा पहिलो पटक रिडीमा गाडी आएका थियो ।
२०३९ साल बैशाख १ गते तम्घासमा पहिलो पटक ट्याक्टर आउँदा बाजा–गाजा नाचगान गरेर खुशीयाली मनाइएको थियो । कच्ची ट्रयाक भएका कारण पहिलो पटक आएको त्यो ट्याक्टर बिग्रियो र तम्घास खानीगाउँ चौराहस्थित श्रीप्रसाद भलामीको घर नजिकै थन्काईयो र ६ महिना पछि मिस्त्री बेलाएर बनाएर लगिएको थियो । त्यो वर्ष जम्मा २२ दिनसम्म टयाक्टर आवत–जावत गरे ।
त्यसपछि पानी आउन सुरु ग¥यो र बन्द भयो । २०४० सालको कार्तिक बाट फेरी ट्याक्टर चल्न सुरु ग¥यो । तेश्रो वर्ष मिनी बस चल्न सुरु गरेको बताउँदै भुसाल भन्छन् – गुल्मीमा मैले पहिलो पटक २२४४ नम्वरको मिनी बस किनेर सुनदाँते भनेर चिन्ने रामबहादुरले चलाउन थालेका हुन् ।
त्यसपछि २०४० को दशकमा ‘‘तानसेनमा बिजुली दाई साइँला तम्घासैमा बस–’ बोलको गीत त्यति बेला राष्ट्रिय लोक गाकका रुपमा निकै चर्चा पाएका गुल्मीका लोक गायक वोमबहादुर कार्कीले जुराएका थिए । तानसेन रिडी तम्घास र रिडी रुद्रवेणी वामीटक्सार सडक लगभग संग–संगै जस्तो खनेको पाइन्छ । रुद्रवेणीका पुराना समाजसेवी तथा सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालका अनुसार २०३६÷०३७ सालतिरबाटै रिडी रुद्रवेणी,वामी सडक खन्न सुरु गरिएको थियो ।
२०४४ सालदेखि रिडीबाट रुद्रवेणीमा ट्याक्टर आवत जावत गर्न सुरु गरेको थियो । २०३८ सालदेखि उल्लीखोला सम्म ट्याक्टर आवत जावत गर्न थाल्यो । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाका अनुसार २०४२ सालमा वामीटक्सार बजारमा ट्याक्टर आवत–जावत गर्न सुरु गरेको थियो । मोटरबाटो खन्न सुरु गरको सालको कुरा नगरौं रुरु रुद्रवेणी वामीटक्सार सम्म ट्रयाक खोले कै मिति हेरे पनि सडक सुचारुको ३६ बर्ष भएछ । रुद्रवेणीसम्म सडक सूचारु भएको ३८ वर्ष भयो , अझै रिडी रुद्रवेणी करिव ६ किलो मिटर बाटो पिच हुन सकेको छैन ।
रिडीदेखि वामीटक्सार दरमखोलासम्म ४१ किलो मिटर उक्त सडकको कैयौं वर्षपछि अर्थात् २०६४ सालको निर्वाचन पश्चात बनेको प्रचण्ड नेतृत्वको सरकारका अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईको पहिलो बजेट भाषणमा पुष्पलाल मध्ये पाहडी लोकमार्ग बाग्लुङ्ग बजार देखि प्युठान सम्मको अधिकांश सडक चौडा सहित पिच भएर गाडी सलल्ल गुड्ने गर्छन ।
सडक खन्न सुरु गरेकै १२ बर्षमा छिमेकी जिल्ला बाग्लुङ्गमा मध्ये पाहडी लोकमार्गमा त्यो चमत्कार तर प्रभावशाली नेतै नेता र पटक पटक मन्त्री समेत बनेको जिल्ला गुल्मीमा झण्डै आधा शताब्दीसम्म पनि कोखैको सडकको हविगत त्यस्तो छ । सत्यवती गाउँपालिका अध्यक्ष ढकाल भन्छन् –‘२०५० सालमा रुद्रवेणीमा पुल बनाउन सुरु भयो । २०५३ सालमा सम्पन्न भए पछि साविक क्षेत्र नम्वर १ अर्थात पार गुल्मीमा सडकको ढोका खोल्ने काम भएको थियो । अहिले झण्डै ३८ वर्ष सम्म पनि यो बाटो जसको सरकार बनेपनि राम्रो बन्न सकेन।
नेपालका ब्यस्त सडकमा गनिने मध्येको एक हो यो सडक । गुल्मी, बाग्लुुङ्ग प्युठान सम्मका दिनमा चार पाँच सय गाडी गुड्छन् । दैनिक पचासौं मालवाहक ट्रकहरु ओहोर–दोहोर गर्छन । अत्याधिक यात्रुको चाँप छ यो सडकमा । यसरी सयौं –हजारौ यात्रुहरुले ब्यस्त यो सडक प्रति केन्द्र सरकारको ध्यान जान सकेन् । ’
‘ कालोपत्रेका लागि रुद्रवेणी भन्दा अगाडि टुक्रा– टुक्रा पारेर ठेक्का दिने काम हुँदै आयो । बेलैमा काम नसक्ने र तोकेको काम पनि नगर्ने ठेकेदारहरुलाई कारबाही हुन पनि सकेनर्षेनी । वर्षेनी करोडौं रकम पर्ने हिउँदमा काम गर्ने र बर्षायामा बगाउने भए पछि बालुवामा पानी खन्याए जस्तो भयो । हालसम्म खर्च भएको रकम एकै साथ सरकारले खर्च गरेको भए सायद अहिलेसम्म पिच भई सक्थ्यो होला’ –ढकालले भने । उनले संघीय सरकारले गौरवको योजनामा पारेर एकैसाथ रकम विनियोजन नगरेर वर्षेनी खर्च गरिने करोडौं रकमको काम वर्षायामा खेर मात्रै जाने सुझाव दिए ।
उनले सडक खण्डका ठाउँ–ठाउँका ठाडा खोलाहरुमा कल्भर्ट र पुलहरु नहुँदा सयौं गाडी र यात्रु दुई तिन दिनसम्म अलपत्र पर्ने गरेको सुनाए । मुसिकोट नगरपालिकाका मेयस सोमनाथ सापकोटा संग गत बर्ष र यस चालु आर्थिक बर्षमा के कति रकम भयो र के काम हुँदै छ भन्ने प्रश्नमा उनले भने –‘ गत वर्ष परेको १० करोड छुट्टिएको थियो । ५ किलो मिटर पिच गर्ने भनेको पिच भएन ।१ करोड ८० लाख रकमले उल्लीखोलमा अलि अलि कटिङ्ग गरे ठेकेदार दधि पाण्डेले । १ करोड ८० लाख बराबरको भुवाचिदी , सोता , उल्लीखोला र लुङ्गदीखोामा गरि चार वटा कलभर्टहरु बनाईयो ।’
दरमखोलादेखि मुसिकोट नगरपालिका हुँदै उक्त सडक पिच हुने भन्ने सुनिन्छन नि ? भन्ने अर्को प्रश्नमा उनले दरमखोलादेखि ५ किलो मिटर ग्रावेलिङ्गका लागि वेश ओछ्याने कार्य भएको जुन गत वर्षकै रकमबाट काम भइरहेको र यस आर्थिक वर्षमा परेको ५ करोड गत वर्षकै कामको भुक्तानी दिन ठिक्क हुने बताए । गत वर्षको १० करोड रकम फ्रिज गएको बताउँदै उनले यस अर्थिक वर्षमा परेको ७ करोड रकम गत वर्ष कटिङ्ग गरेका र कलभर्ट बनाएकाहरुलाई भुक्तानी दिन ठिक्क हुने बताउँछन । दरमखोलाबाट मुसिकोट नगरपालिकातर्फको ५ किलो मिटर सडक ग्रावेलिङ्गका लागि शव बिछ्याउने काम भई रहेको र त्यसमा ५ करोड ८५ लाख रकम गत बर्षकै भएको सापकोटाको भनाई छ ।
उनले त्यस सडक खण्डमा एमाले नेता विष्णु पौड्याल पहिलो पटक अर्थमन्त्री हुँदा सबै भन्दा ठूलो रकम ४८ करोड गरेको र त्यसले तल्लाफाँट देखि दरमखोलासम्म सडक चौडा पार्ने र ठाउँ ठाउँमा ग्रावेलिङ्ग गर्ने काम भएको बताए ।
गेदीखोला , चोरकाटेको भार्सेखोला , उल्लीखोलाका दहरेखोला र एक्सिङ्गखोलामा कल्भर्टले नचल्ने पुल नै बनाउनुपर्ने उनको भनाई छ । यता सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले ती चार ठाउँमा पुल निर्माणका लागि माटो परीक्षण भएकै पाँच बर्ष भई सकेको र अहिले सम्म रकम नपरेको तर, अब बन्छन कि भन्ने आशा पलाएको बताए ।
ती खोलाहरुमा पुल नहुँदा पानी परेको बलो घण्टौसम्म र कहिले काँही दुई तिन दिन सम्म यात्रुहरु अलपत्र पर्दै आएको ढकालले बताए । त्यस सडकको स्तरबृद्धिका लागि के पहल गर्दै हुनुहुन्छ त ? भनेर मेयर सापकोटालाई सोद्धा उनले भने–‘ मानयिय प्रदिप ज्ञवालीज्यु र माननिय गोकर्ण बिष्टज्युलाई भनेर १४ करोड यस वर्ष स्वीकृति भई टेण्डर पनि भई सकेको छ । सानो सानो बजेट पर्ने अनि काम नहुने यो सडकको अवस्था यस्तै
छ ।
उनले नजिकै सुरु गरेको १२ वर्ष भित्रैमा चौडा र पिच भई सकेको मध्ये पाहडी लोकमार्गमा डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री भएको बेला सुरु गरिएको उक्त सडक छिट्टै सम्पन्न भए पनि वर्षऔं पुरानो रिडी ,रुद्रवेणी , वामीटक्सार खर्बाङ्ग सडक सम्पन्न हुन नसकेको बताए । तम्घास सिमलटरी सडकमा प्रयाप्त पैसा प¥यो पिच भई सक्यो , त्यसको तुलनामा रिडी रुद्रावेणी वामीटक्सार सडक धेरै पुरानो र त्यो भन्द बिसौ गुना बढी गाडी चल्ने र ब्यस्त सडकमा संघीय सरकारले एकैचोटी कम्तीमा एक अरव बजेट दिन सके यस्तो अभिगतको अन्त्य हुने धारणा राखे ।
२० ३६ सालमा तत्कालिन जिल्ला पञ्चालयको ओभरसियर रहेका र २०३७ सालमा ईन्जिनियर भई तम्घास रिडी सडक खण्ड निर्माणमा खटेका अवकास प्राप्त ईन्जिनियर हिराबहादुर भलामीले २०३८ साल बैशाख १ गते रिडीमा मिनी बस ल्याएर बाजा बजाउँदै खुशीयाली मनाईएको र त्यति बेलै देखि रिडी , रुद्रवेणी वामीटक्सार सडक खन्न सुरु भई सकेको बताउँछन् । त्यति बेला बैकुण्ठबहादुर चन्द , भिमबहादुर बुढाथोकी र गोकर्णराज सास्त्री माननिय हुनुहुन्थ्यो उनले भने–‘ त्यो सडक खन्नमा ठूलोदेख बैकुण्ठबहादुर चन्द कै छ । उनले तानसेनबाट तम्घास सडक ल्याने साँेच्नु अघि पत्थरकोट हुँदै रिडीसम्म सडक खन्ने सोच २०१२ सालबाटै अगाडि सारिएको र केहि ठाउँहरुमा जनता आफैले पनि मोटरबाटो खनेको स्मरण सुनाए ।
बैकुण्ठबहादुर चन्दका जा्ठा छोरा भरतबादुर चन्दका अनुसार २०२६ साल देखि २०३८ साल सम्म लगातार १२ वर्षसम्म तानसेनबाट मोटरबाटो खनेर २०३८ सालको बैशाख १ गते रिडीमा गाडी आएको थियो । २०२६ साल देखि २०३८ सालसम्म जिल्ला पञ्चायत गुल्मीको जिल्ला सभापति रहेदेखि नै तानेसेनबाट तम्घास लगायतका विभिन्न मुख्य सडक सञ्जाल खेल्न सुरु गरेका थिए । २०३८ साल देखि २०४६ सम्म लगातार राष्ट्रिय पञ्चायतको सदस्य रहेका चन्द पछि राजनीतिबाट विश्राम लिए ।
धेरै सांसद फेरिए तर,सडकको अवस्था उस्तै
पञ्चायतकालका माननिय चन्दपछि बहुदलिय ब्यवस्था र गणतन्त्रको यो अवधीसम्म निकै धेरै सांसद फेरिए तर, रिडी रुद्रवेणी वामीटक्सार सडक खण्डको अवस्थामा खासै परिवर्तन भएन ।
२०४८ सालको निर्वाचनमा साविक क्षेत्र नम्वर १ बाट झकबहादुर पुन सांसद भए । क्षेत्र नम्वर २ बाट भागवत ज्ञवाली र क्षेत्र नम्वर ३ बाट रुद्रमणी शर्मा भण्डारी सांसद भए । २०५१ सालको निर्वाचनमा क्षेत्र नम्वर १ बाट रामनाथ ढकाल , क्षेत्र नम्वर २ बाट कमलराज श्रेष्ठ र क्षेत्र नम्वर ३ बाट टंक पोखरेल सांसद निर्वाचित भए ।
२०५६ सालको निर्वाचनमा क्षेत्र नम्वर १ बाट फटिक बहादुर थापा , क्षेत्र नम्वर २ बाट प्रदिपकुमार ज्ञवाली र क्षेत्र नम्वर ३ बाट गोकर्णराज बिष्ट निर्वाचित भए । गणतन्त्र पश्चात २०६४ सालको निर्वाचनमा क्षेत्र नम्वर १ बाट माओवादीबाट सुदर्शन बराल सांसद निर्वाचित भए । क्षेत्र नम्वर २ मा पुनः प्रदिपकुमार ज्ञवाली र क्षेत्र नम्वर ३ मा माओवादी कै चन्द्रबहादुर थापा ( सागर ) निर्वाचित भएका थिए ।
२०७० सालको निर्वाचनमा क्षेत्र नम्वर १ को चुनावी नतिजा नेपाली कांग्रेसको पोल्टामा आयो । गुल्मीमा प्राय धेरैले नाम नसुनेको र नदेखेको ब्यक्ति डाक्टर कृष्ण छन्त्यालले चुनाव जिते । यता क्षेत्र नम्वर २ मा पनि नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले जिते । उता क्षेत्र नम्वर ३ मा गोकर्ण बिष्टले माओवादीबाट एमालेको विरासद फर्काएर जिते ।
२०७४ को निर्वाचनमा गुल्मी २ वटा निर्वाचन क्षेत्र बन्यो । क्षेत्र नम्वर १ मा प्रदिपकुमार ज्ञवाली र क्षेत्र नम्वर २ मा एमाले कै गोकर्णराज बिष्टले जिते । २०६३ पछि थुप्रै विद्यायकाहरु भए । त्यस पछि समानुपातिक सांसदहरु दिलशोभा पुन , सुवर्ण ज्वारचन केन्द्रमा पुगे । ज्वारचन बाणिज्य राज्य मन्त्री समेत बनिन् । राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने रामकुमारी झाँक्री र मैना भण्डारी अहिले पनि प्रतिनिधी सभामा समानुपातिक सांसद छन् ।
यता लुम्विनी प्रदेश सरकारमा त्यसै बडिगाड लाईनको सडकमा गाडीमा र्हुँइकिदै पहिला प्रतिनिधि सभावको चुनाव जितेका र पछि प्रदेश सांसदको चुनाव जितेका सुदर्शन बराल प्रदेश सरकारको तीन वर्ष मन्त्री पनि बने ।
त्यसै मोटरबाटो भेगका एमाले नेता कमलराज श्रेष्ठ मुख्यमन्त्री कै नजिकका पात्र ठानिन्छन् र वरिष्ठ र प्रभावशाली सांसद ठानिन्छन् । अर्का प्रदेश सांसद खड्क केसी पनि यतिका वर्षदेखि त्यस सडक खण्डको हविगत पटक पटक नियाल्ने र अहिले पनि उनी त्यहाँका स्थानीय उपभोक्ता हुन् । २०४६ यता गुल्मीबाट प्रतिनिधी सभामा मात्रै प्रत्यक्ष निर्वाचित १५ जना सांसद पुगे छन् । ती मध्ये धेरै सांसद साविक क्षेत्र नम्वर १ र २ मा थिए ।
अहिले साविक क्षेत्र नम्वर २ का गोकर्ण बिष्टको जिम्मेवारीमा समेत त्यो सडक पर्दछ । ज्ञवाली र बिष्ट दुबै जना नेपाल सरकारको प्रभावशाली मन्त्री पनि धेरै पटक भई सके तर त्यो सडकले मुहार फेर्ने गरि बजेट पर्न सकेन् । असार १ गतेको अविरल बर्षाले तिन दिन सम्म उक्त सडक ठप्प भयो । अहिले सुचारु गराईए पनि पानी प¥की फेरी ठप्प हुन्छ । त्यति महत्वको सडकमा वर्षेनी कनिका छरे जस्तो थोरै–थोरै बजेट पार्ने भने जस्तो काम नहुने भएपनि वर्षायामको बाढीले क्षति गरि दिने गर्दा निर्माण ब्यवसायीहरुको लैनो गाई जस्तै बन्यो त्यो सडक र राज्यको ढुकुटी बालुवामा पानी खन्याए जस्तो भएको छ।
तर,पूर्वमन्त्री तथा प्रतिनिधी सभाका सांसद प्रदिपकुमार ज्ञवाली पछिल्लो पटक निर्वाचन जितेपछि त्यस सडक मात्र होइन , कालिगडकी कोरिडोर सडक निर्माण र वर्षौंदेखि अलपत्र पुल र जिल्लाको समग्र विकासलाई तिब्रता दिएको कुरा त्यो परिणाम मै देखिने दावी गर्दै आएका छन् । उता क्षेत्र नम्वर २ का सांसद गोकर्ण बिष्ट र प्रदेशका पूर्वमन्त्री सुदर्शन बरालले पनि आफूहरुले उक्त सडक पिच गर्नका लागि आ–आफ्नो तर्फबाट पहल भइरहेको जिकिर गर्दै आएका छन् । तर, त्यस भेगका जनता उनीहरुको जिकिर र सार्वजनिक भाषणप्रति सहमत र सन्तुष्ट छैनन् ।
प्रतिक्रिया