साउन १,
बुटवल । सरकारले बुधवारदेखि ढुवानी ब्यवसायलाई मूल्य अभिबृद्धिकर (भ्याट) तथा अनलाइनमार्फत निगरानी गर्ने गरि लागू गरेपछि मुलुक भरका टान्सपोर्ट बन्द भएका छन् भने माल बाहक ट्रक घर ग्यारेजमा थन्काएका छन् । सरकारले बजेट मार्फत ढुवानी ब्यवसायलाई मूल्य अभिबृद्धिकर (भ्याट) तथा मालबाहक ट्रकलाई अनलाइनमार्फत निगरानी गर्ने नीति ल्याएको र उक्त नीति बुधवारदेखि लागू गर्ने घोषणा अब्यवहारिक भएको भन्दै सो नीति नसच्याएसम्म मालबाहक सवारी साधन र टान्सपोर्ट सञ्चालन गर्न नसकिने भन्दै व्यवसायीले स्वतस्र्फुत रुपमा बन्द गरेका छन् ।
यस अघि नै ट्रक ब्यवसायी तथा ढुवानी व्यवसायीले ढुवानीमा भ्याट र अनलाइन प्रणाली मार्फतको निगरानी तुरुन्त सच्चाउन सरकारसगं माग गदै नसच्चाए साउन १ गतेदेखि सवारी साधन घर ग्यारेजमा थन्काउने र व्यवसाय बन्द गर्ने उदघोष गरेका थिए । सरकारले लागु गर्न खोजेको उक्त प्रणालीले यातायात तथा ढुवानी ब्यबसायी नै चौपट हुने र ब्यवसाय सञ्चालन गर्न नसकिने निकर्ष निकालेका छन । नेपाल ट्रक यातायात ब्यबसायी महासघं नेपालका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले सरकारले एक तर्फी रुपमा यो निती लाद्न खोजको र व्यवहारिक नभएकोेले तत्काल सच्चाउन माग गरे ।
अनलाइन प्रणाली मार्फतको निगरानी सकारात्मक भए पनि नेपालको हालको संरचना, उपलब्ध सुचना प्रविधी, दक्ष जनशक्ति अभाव र भौगोलिक अवस्थाका कारण पनि तत्काल लागु गर्न कठिन भएको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए । महासघंका प्रदेस ५ सयोंजक यम प्रसाद पाण्डेले सरकारले ढुवानी र ट्रक ब्यबसाय क्षेत्रका समस्या बुझ्दै नबुझी एक पछि अर्को गरी अब्यबाहारिक नीती ल्याउदाँ ब्यबसायीहरु समस्यामा पर्ने गरेको बताउदै व्यवसायीले व्यवसाय संचालन गर्न नसक्ने भएर आफ आफै सवारी साधन घर ग्यारेजमा थन्काएको बताए ।
ढुवानी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कमल घिमिरेले सरकारले ल्याएको नीति अनुसार व्यवसाय संचालन गर्न नसकिने भन्दै व्यवसायीहरुले माल बुकिङ ,ढुवानी नगरि पसल बन्द गरेको बताए । अर्थमन्त्री डा युवराज खतिवडाले एक कार्यक्रमका बीच बुधवार काठमाण्डौमा भिसिटिएसको शुभारम्भ गरे । भिसिटिएस वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा व्यावसायिक प्रयोजनका मालवस्तु तथा ढुवानी साधनको संक्षिप्त विवरण प्रविष्ट गरेर मात्र मालसामान ओसार–प्रसार गर्नुपर्ने व्यवस्था हो ।
प्रतिक्रिया