ताजा अपडेट »

तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको आफ्नै भवनबाट सेवा

मंगलबार, ३१ असार २०७६


असार ३१,
ग्लोबल आवाज

बुटवल । मंगलबारदेखि तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको बुटवल पाल्पारोड स्थित आफ्नै भवनबाट एकिृत कारोबारको शुभारम्भ गरेको छ । बुटवल हस्पिटल लाइनमा रहेको तिनाउ विकास बैंक लिमिटेड र दुर्गामन्दिर लाइनमा रहेको मिसन डेभलपमेन्ट बैंक लिमिटेड बिच २०७५ चैत्र ३ मा मर्जरमा जाने सहमती पत्रमा हस्ताक्षर भएको थियो । मर्जरको सहमति पत्रमा हस्ताक्षर गरेको छोटो समयमै सम्पूूर्ण प्रक्रिया सकेर एकिृत कारोबार गर्न सफल भएका हुन् । मर्जरपछि बैंकको चुक्ता पूँजी १ अर्व १४ करोड रुपैंया र निक्षेप १० अर्व ४५ करोड र ऋण ८ अर्व ९० करोड र बैंकका शाखा कार्यालयहरुको संख्या ३७ पुगेको छ ।

तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको अध्यक्षमा टिकाराम घिमिरे, प्रमुख कार्यकारी अधिकृतमा प्रदिप कुमार श्रेष्ठ र नायब प्रमुख कार्यकारी अधिकृतमा हरि प्रसाद घिमिरेरहेका छन् ।राष्ट्रिय स्तरको विकास बैंक वन्ने तयारीमा रहेको यस बैंकले तोकिएको चुक्ता पूूँजी पुर्याउनलाई बुटवलमै केन्द्रिय कार्यालय रहेको नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकलाई प्राप्तिको लागि सहमती पत्र्रमा हस्ताक्षर गरिसकेको छ भने आवश्यक परेमा अर्को वित्तिय संस्थालाई लिने वा हकप्रदको विकल्प खुला राखेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठले जानकारी गराए।