ताजा अपडेट »

सांसदलाई २ करोड ८८ लाखको ल्यापटप

सोमबार, ३० असार २०७६

असार ३०,

काठमाण्डौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदका लागि संघीय संसद सचिवालयले दुई करोड ८८ लाख १६ हजार १७ रुपैयाँमा ल्यापटप खरिद गर्न बिक्रेता छनौट गरेको हो छ । संघीय संसदका सदस्यहरुलाई ब्राण्डेड ल्यापटप खरिदका लागि बिक्रेताको छनोट भएको छ।

सचिवालयले सांसदका लागि ३ सय ३४ वटा ल्यापटप खरिद गर्दैछ। संसद सचिवालयले जेठ १९ गते सार्वजनिक सूचना जारी गर्दै ब्राण्डेड ल्यापटपका लागि बोलपत्र आह्वान गरेको थियो। संसद सचिवालयले आवेदन परेका बोलपत्रका आधारमा ललितपुरको काष्ठमण्डप एसिया इन्टरनेशनलले पेश गरेको बोलपत्र स्वीकृत गरेको हो। काष्ठमण्डपले मूल्य अभिवृद्धिकरसहित २ करोड ८८ लाख १६ हजार १७ रुपैयाँमा बोलपत्र दर्ता गराएको थियो। यस आधारमा हेर्दा अब प्रत्येक सांसदले ८६ हजार २७५ रुपैयाँ पचास पैसाको ल्यापटप पाउने छन्।

संसद सचिवालयले ल्यापटप खरिदका लागि जारी गरेको बोलपत्र सम्बन्धी सूचनामा ल्यापटप ब्राण्डेड भए पनि ल्यापटपको ब्राण्ड भने विडरले निर्धारण गर्न सक्ने उल्लेख छ।

ल्यापटपको आठौँ जेनेरशन इन्टेल कोर आइ फाइभ प्रोसेसर सहितको हुने छ। त्यस्तै ल्यापटपको स्टोरेज क्षमता ८ गिगाबाइट र्‍याम डीडीआर ४ मेमोरीको हुने छ। त्यस्तै प्राइमरी स्टोरेज २ सय ४० गिगाबाइट एसएसडी एम २ अथवा त्यसभन्दा माथिको हुनेछ। ड्युल ब्याण्ड वायरलेस (८०२.२२ एसी) ब्लुटुथसहित हाइक्वालिटी स्पिकर र एचडी भिडियो क्याम हुनुपर्ने बोलपत्रमा उल्लेख छ। त्यस्तै १२.४ देखि १३.५ एफएचडी डिस्प्ले स्क्रिन, युसबी ३.० एचडीएमआई, ब्लाकलिट किबोर्ड र प्रि इन्सटल विण्डोज १० प्रो जेनुइन हुनुपर्ने बोलपत्र विवरणमा उल्लेख छ। त्यस्तै ल्यापटप एक वर्षको वारेन्टीसमेत तोकिएको छ।