असार २९,
बुटवल । भानुभक्त आचार्यको जन्मजयन्ती अवसरमा नेपाल मानव धर्म सेवा समिति हंस योग आश्रम, बुटवलले विशेष कार्यक्रम गरेको छ । आश्रमकी अध्यक्ष महात्मा श्री बाइजीको अध्यक्षतामा भएको कार्यक्रममा आश्रममा रहेका बालबालिकाहरुले गीत,नृत्य,कविता लगाएत विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । २०६औं भानुजयन्तीको अवसरमा आयोजित कार्यक्रममा करिब १ सय ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शित्तल गौतमले गरेकी थिइन् ।
आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०५ वर्षअघि अर्थात् वि.सं.१८७१ असार २९ गते भएको थियो। भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा ढालेका थिए रामायण लगायत प्रश्नोत्तर, भक्तमाला वधुशिक्षा, रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन्।
प्रतिक्रिया