असार २९,
काठमाण्डौं । आइतबार बसेको मन्त्रीपरिषद बैठकले बाढी र पहिरोले भत्काएका विभिन्न राजमार्गमा तत्काल बेलिब्रिज बनाउने निर्णय गरेको छ। त्यस्तै प्रभावित क्षेत्रमा तत्काल राहतको व्यवस्था गर्ने निर्णय समेत भएको छ ।
आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले पीडित नागरिकलाई राहत दिने र पुल भत्किएका स्थानमा तत्काल बेलिब्रिज बनाउने निर्णय गरेको हो। बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले ५१ जनाको मृत्यु भएको सरकारले जनाएको छ।
पीडित परिवारलाई राहत दिन राहत कोषमा भएको पैसाले नपुगे थप पैसा दिने निर्णय पनि सरकारले गरेको छ। सरकारले सबै सुरक्षा अंग र सरकारी निकायलाई तयारी हालतमा रहन समेत निर्देशन दिएको छ।
प्रतिक्रिया