यहाँ अविरल उसकै सम्झना आई रहेछ
झर्किँदै भन्छे ऊ सस्ता गफ लगाई रहेछ ।
उसले बडो भावुक भइ आँसु पुच्दै भन्यो
तिम्रा अभावले हर क्षण मुटु जलाइ रहेछ ।।
मात्र एकपटक म तिम्रै हुँ भनी सुन्न पाए
बौरिन्थ्यो लास जो चितामा सजाइ रहेछ ।
ऊ फुल हो म त्यही बोटको काँडा हुँ
आगमन भँवराको हुँदा ऊ लजाइ रहेछ ।।
मर्दिनँ भनी उसले चिताबाट एकैश्वरमा
त्यहि भएर मारेको माया टुसाइ रहेछ ।।
प्रतिक्रिया