ताजा अपडेट »

रुपन्देहीमा मलको सहज आपूर्ति, कृषकलाई राहत

शुक्रबार, ०४ असार २०७८

भैरहवा । गत बर्षहरुमा रुपन्देही लगायत यस आसपास रसायनिक मलको चरम अभाव हुने गरे पनि यस बर्ष अवश्था फरक छ । गत बर्षको जस्तो मलकै लागी लामो लाईन अहिले छैन भने पहिला जस्तै अभाव यस पटक कृषकले ब्यहोर्नु पर्ने अवश्था छैन । प्रयाप्त मल रहेको कारण कृषकहरुले सहज रुपमै मल पाईरहेको कृषि सामाग्री कम्पनीको भनाई छ ।

धानखेतीका लागि यस क्षेत्रमा करिब ३० हजार मेट्रीकटन डिएपी मलको आवश्यकता पर्छ । अहिले करिब करिब प्राय सबै किसानहरुले डिएपी मल लगि सकेका छन भने अझै पनि गोदाममा यसको प्रयाप्त मौजदात रहेको छ । कृषि सामाग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय लुम्बिनीका सूचना अधिकृत गणेश प्रसाद घिमिरेले हाल भैरहवा स्थित गोदाममा ४ हजार ७ सय १७ मेट्रिक टन युरिया, ६ हजार ६ सय ५६ मेट्रिक टन डिएपी र ७ सय २० मेट्रिक टन पोटास मौज्दात रहेका छन् । यस अतिरिक्त थप २ हजार ५ सय मेट्रिक टन अनलोड हुने प्रक्रियामा रहेको छ । बांग्लादेशबाट आयात गरिएको थप मल पनि आउने क्रममा रहेको घिमिरेले जनाए । अबको २/४ दिनमै थप २ हजार ५ सय मेट्रिक टन र त्यसपछि फेरी सोही परिमाणको युरिया मल आउने क्रममा रहेको उनको भनाई छ ।

यस बर्ष समयमै पानी पनि परेको र समयमै मल पाईएको कारण यहाका किसान पनि सन्तुष्ट देखिएका छन् । समयमै र सहज तरिकाले डिएपी मल पाएका किसानले समयमै रोपाई समेत सुरु गरेका छन् । समयमै पानी, बिउविजन, मल नपाए खेत बाझै राख्ने किसान अहिले धमाधम रोपाईमा लागेको देखिन्छन् । भैरहवामा प्रादेशिक कार्यालय रहे पनि कृषि सामाग्री कम्पनीले लुम्बिनी प्रदेश बाहेक कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशको कावासोती र स्याङजामा पनि मलको आपूर्ति गर्ने गरेको छ । अहिले त्यहा पनि माग जतिको स्टक रहेको र थप मलको लागी माग भै आए जुनसुकै समयमा आपूर्ति गर्न सकिने कम्पनीको दावी रहको छ ।

सूचना अधिकारी घिमिेरेले दिएको जानकारी अनुसार प्रादेशिक कार्यालय भैरहवाबाट जेठ सम्म ७ हजार १ सय ७६ मेट्रिक टन युरिया, १ हजार ६ सय ८८ मेट्रिक टन युरिया डिएपी र १ सय ६३ मेट्रिक टन युरिया पोटास बिक्रिी भएको छ । यस्तै अहिले कावासोतीमा १ सय ६८ मेट्रिक टन युरिया र १३२ मेट्रिक टन डिएपी, परासीमा ७ सय ७३ मेट्रिक टन युरिया, तौलिहवामा ४ सय ३६ मेट्रिक टन युरिया, बहादुर गञ्जमा २ सय ४२ मेट्रिक टन युरिया, पाल्पामा ४ सय १४ मेट्रिक टन युरिया मौज्दातमा रहेका छन् ।

यस्तै स्याङजामा ४ सय ४९ मेट्रिक टन युरिया र ६० मेट्रिक टन डिएपी, लमहीमा ९६ मेट्रिक टन युरिया, घोराहीमा ४ सय १५ मेट्रिक टन युरिया र २ सय ९७मेट्रिक टन डिएपी, तुलसीपुरमा ४ सय ७६ मेट्रिक टन युरिया र ३ सय ४७ मेट्रिक टन डिएपी, नेपालगञ्जमा १ हजार २३ मेट्रिक टन युरिया, गुलरियामा ५ सय २० मेट्रिक टन युरिया, ३ यि ८५ मेट्रिक टन डिएपी र २१ टन पोटास, धनगढीमा १ हजार ७ सय ७४ मेट्रिक टन युरिया र ७१ मेट्रिक टन डिएपी, महेन्द्रनगरमा २ सय ६ मेट्रिक टन युरिया र ३ सय ५० मेट्रिक टन डिएपी तथा सुर्खेतमा १ सय ८४ मेट्रिक टन युरिया र ४६ मेट्रिक टन डिएपी मौज्दातमा रहेको घिमिरेले जानकारी दिए ।

गत बर्ष डिएपी मलको अभाव हुदा त्यसका फाईदा अहिले यस बर्षमा सरेको छ । गत बर्ष मगाएको मल नआउदा र मलको लागी छुट्टयाईएको बजेटबाट अहिले मल सहज भएको कृषि सामाग्री कम्पनी लिमिटेडका सहायक प्रवन्धक समेत रहेका घिमिरेको भनाई छ ।