ताजा अपडेट »

अबरुद्ध बुटवल पाल्पा सडक एकतर्फी खुल्यो

आइतबार, २९ असार २०७६


असार २९,
ग्लोबल आवाज
बुटवल । शनिबारदेखि अबरुद्ध रहेको सिद्धार्थ राजमार्ग आजदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्ग आज (आइतबार) बिहानबाट एकतर्फीरुपमा संचालनमा आएको छ । शनिबार दिउँसो ३ बजेतिर ढुंगा सहितको पहिरो खस्दा एक मोटरसाइकल र त्यसका चालकलाई पहिरोले बगाएको थियो ।

राजमार्ग अन्तगर्त पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३, हेडबक्स नजिकै सुख्खा पहिरोले बगाएर निस्दी गाउँपालिका ४, मित्याल पाल्पाका ३१ वर्षीय घनबहादुर सुनारी मगरको मृत्यु भएको प्रहरी उपरीक्षक दीपेन्द्र जीसीले बताए । लु ५० प ४६७१ नम्बरको मोटरसाईकलमा बुटवलबाट पाल्पाको निस्दी फर्किदै गरेका सुनारीलाई ढुंगा सहितको सुख्खा पहिरोले बगाएको हो ।

हिजो दिउँसोदेखि अलपत्र परेका यात्रुलाई हिड्ने बाटो बनाएर गन्तव्यमा पठाएपनि ठूला ढुंगा भएकाले पन्छाउन समस्या भएको थियो । सो क्षेत्रमा सयौं सवारी साधन अलपत्र छन् । राती दोभान, सिद्धबाबा क्षेत्रमा पानी परेकाले पनि थप समस्या भएको दोभान प्रहरी चौकीका प्रमुख बालबहादुर घर्तीमगरले बताए । ब्रेकर, डोजर, स्काभेटर परिचालन गरेर एकतर्फि यातायात सुचारु गर्न पहल भइरहेको छ ।