ताजा अपडेट »

नारायणीमा पानीको बहाब घट्यो, सुस्ताबासी सुरक्षित

विहीबार, ०३ असार २०७८

नवलपरासी । अबिरल वर्षाका कारण नारायणी नदीमा पानीकाे स्तर केही घट्ने क्रममा रहेकाले सुस्तामा पसेको नारायणी नदीको पानीले ठुलो क्षति नभएको बताइएको छ।

बर्षा रोकिएसंगै अविरल निरन्तर बढ्दै गएको नारायणी नदीको बहाव घट्न सुरु गरेको छ । दिउँसो २ बजे देखी ४ बजे सम्म ४ लाख १२ हजार क्युसेक प्रति सेकेण्ड मापन गरिएको बहाव साँझ ५ बजे भने ४ लाख ८ हजार मापन भएकोछ।

हिजो विहान ८ बजे गरिएकाे मापन अनुसार व्यारेजमा ३ लाख ७२ हजार ८ सय क्युसेक पानी डिस्चार्ज भइरहेकाे मापन गरिएकाे थियाे भने आज ३ लाख ५० हजार क्युसेक पानीकाे बहाव मापन गरिएकाे थियाे ।

पानीकाे बहाब घटेपनि नदी तटिय क्षेत्रमा बसाेबास गर्नै स्थानीयवासीलाइ सजग रहन अनुराेध गरिएकाे छ । नारायणी नदीमा बढदाे पानीकाे बहाव संगै हिजो विहान ८ बजेदेखि सुस्ता गाउंमा बाढीकाे पानी पस्न थालेकाे छ ।

बाढीकाे पानी गाउंमा पस्न थालेपछि सामुदायिक विपद व्यवस्थापन समितिले गाउंमा माइकिंग गरिएकाे र घरभित्र रहेकाे सामान अग्लाे स्थानतर्फ सार्न आग्रह गरिकाे छ ।

पशु चाैपाया तथा मानिसलाइ सुरक्षित स्थानमा सार्न थालिएकाे विपद व्यवस्थापन समितिका अध्यक्ष कमल हरिजनले बताएका छन् ।

जुन सुकै बेला नारायणीको बहाब बढेर ठूलो हुनसक्ने भएकाले बचाउका लागि सुस्तामा लाइफ ज्याकेटकाे व्यवस्था गरिएकाे छ ।

मेगाफाेन, साइरन तथा आकस्मिक उपचारका लागि काेष समेतकाे व्यवस्थापन गरिएकाे विपद व्यवस्थापन समितिका सहजकर्ता मुन्सी हरिजनले जनाएका छन् ।