ताजा अपडेट »

तीन बैंकको साधारण सभा,शाइन राष्ट्रिय विकास बैंक बन्ने

शुक्रबार, २७ असार २०७६

असार २७,
ग्लोबल आवाज
बुटवल । प्रदेश ५ का तीन वटा डेभलपमेण्ट बैकको बिशेष साधारण सभा सम्पन्न भएको छ ।बुटवलमा केन्द्रिय कार्यालय रहेको साइन रेसुङा डेभलपमेण्ट बैंक, भैरहवामा केन्द्रिय कार्यालय रहेको पूर्णिमा विकास बैंक र नेपालगञ्जमा केन्द्रिय कार्यालय रहेको भार्गव विकास बैंकको बिशेष साधारण सभा शुक्रबार सम्पन्न भएको हो ।

तीनै बैंककासभाले एक आपसमा गाभिने निर्णय गरेका छन् । जस अन्तर्गत साइन रेसुङाको विशेष साधारण सभाले पूूर्णिमा र भार्गवलाई प्राप्ती गर्ने प्रस्ताव पारित गरेको छ भने पूर्णिमा र भार्गवको विशेष साधारण सभाले साइन रेसुङामा सम्मिलित हुने निणर्य गरेका छन् ।

दुबै बैंकले साइनको १०० सेयर बराबर ९५ सेयरको अनुपातमा सेयर पाउनेछन् । चैत मसान्तसम्मको विवरण अनुसार दुई बैंक मिलेपछी बैंक रास्ट्रीयस्तरको विकास बैंक हुनेछ । शाखा ७०, चुक्ता पूूँजी २.६२ अर्ब, रिजर्भ ९७.७८ करोड, निक्षेप २३.६९ अर्ब, कर्जा २१.२९ अर्ब हुनेछ । प्राप्ति पछि बैंकले २५५ हकप्रद सेयर जारी गर्नेछ । बिशेष साधारण सभाले रास्ट्रियस्तरको डेभलपमेण्ट बैकका रुपमा स्तरोन्नती गर्ने निणर्य गरेको साइनका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।