ताजा अपडेट »

‘ओ लेभल’ अम्पायरिङ तालिम सुरु

शुक्रबार, २७ असार २०७६


असार २७,
ग्लोबल आवाज
बुटवल । पृथ्वीनारायण शाह स्पोर्टस् एकेडेमीको आयोजना तथा क्रिकेट एसोसियशन अफ रुपन्देहीको सहकार्यमा रुपन्देहीमा दुई दिने अम्पायरिङ तथा स्कोरिङको ‘ओ लेभल’ तालिम शुरु भएको छ । ब्यवसायिक खेलाडी उत्पादनमा अगाडि रहेको जिल्लामा प्रतियोगिता सञ्चालन गर्न जनशक्ति उत्पादनका लागि तालिम आयोजनागरिएको स्पोर्टस् एकेडेमीका अध्यक्ष निरजप्रताप खाँणले बताए ।


उनले क्रिकेट गतिविधिमा आवश्यक जनशक्ति उत्पादन गर्न आफूहरु लागेको बताउँदै निरत्रता समेत दिने बताए । तालिममा अन्तराष्ट्रिय अम्पायर समिर खान र राष्ट्रिय अम्पायर सन्जय गुरुङले सहजिकरण गरेका छन् । तालिममा रुपन्देही सहित कपिलबस्तु, काठमाण्डौ, दाङ, पाल्पाका २५ जनाको सहभागिता रहेको छ ।


तालिमलाई बुटवल क्रिकेट विकास समिति, मायादेवी च्यारिटेवल फण्ड भैरहवा, ह्याप्पी आवर क्लब, द्वारिका सिनेमा, रुपा इन्टेरनेश्नल, दिब्यतारा इन्टरप्राईजेज लगाएत विभिन्न संघसंस्थाहरुले सहयोग गरेको छन् ।