काठमाडौँ । नेपालमा थप २७४५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १६८१ र एन्टीजेन परिक्षणबाट १०६४ गरि कुल २७४५ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार १८७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८८.३ रहेको मन्त्रालयले जनाएको छ ।देशभर अहिले ५१५ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा ७ हजार ४४९ पिसिआर र ५८४१ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६३ हजार २५७ पुगेका छन् ।त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ४ हजार ३८९ जना रहेका छन् भने होम आइसोलेसनमा ५८ हजार ८६८ रहेका छन् ।
त्यस्तै अहिले नेपालमा ९६७ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये २८५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८५०६ पुगेको छ ।
प्रतिक्रिया