ताजा अपडेट »

तल-माथि मोटरबाटो, ख्याल गरिँदैन सुरक्षाको पाटो

बुधबार, ०२ असार २०७८
2 Shares

गुल्मी । कुनै दुर्गम गाउँको कुरै छोडौं, गुल्मीको सदरमुकाम तम्घास जहाँ विभिन्न क्षेत्रका विज्ञहरु बस्ने र भू–क्षय लगाएतका सम्भावित प्राकृतिक जोखिम विरुद्ध जनचेतना छर्ने थलो हो । तर, त्यहिँ ठाउँमा वातवरणीय असरको कत्ति ख्याल नगरी जथभावी मोटरबाटो खनिएका कारण वर्षयामका बेला कैयौं वस्ती असुरक्षित छन् । त्यस मध्येकको एक हो वेदुखर्क टोल । तम्घास बाट ५ देखि १० मिनेट भित्रमा वेदुखर्कको सबै भन्दा पल्लो टोल सम्म हिडेर पुग्न सकिन्छ । करिव ७ मिटर दुरी रहेको त्यस ठाउँमा गाडीमा दुई मिनेट पनि लाग्दैन ।

मंगलबार साँझ ७ बजेको समयतिर त्यस टोलबाट वारी बजारका बासिन्दाले समेत सुन्ने गरी हार–गुहार सहितको चिच्चाहट भयो । त्यस टोलका रामबहादुर खड्का , लक्ष्मी कुँवर ,कविता कुँवर ,तुल्सीराम कुँवर र वोमनारायण सुवेदी सहित पाँच परिवारको घरदेखि माथि पनि पहिरो बगिरहेको थियो भने घरदेखि तलको भाग ठाडो खोला जस्तै बनिरहेको थियो । करिव २२ घरधुरी रहेको त्यस टोलमा तल पनि माथी पनि मोटरबाटो खने यता बर्षेनीको बर्षयाममा त्यस्तै हारगुहार सुनिँदै आएको छ ।

त्यस टोलका बिचमा तम्घास अर्घाखाँची मुख्य सडक छँदै थियो । त्यसका अलवा त्यस बस्तीको करिव २ सय मिटर भिरदेखि तल तम्घास खाम्सेपानी भुवनपानी हुँदै प्यूठान जोड्ने मोटर बाटो खनियो । त्यही मोटरबाटाले तलबाट बस्ती तान्ने क्रम सुरु गरिरहेका बेला फेरि तम्घास अर्खाखाँची मुख्य सडकबाट माथि भुजेलखर्कतर्फ मोटरबाटो खनियो ।

त्यही कच्ची मोटरबाटोबाट हिजो साँझ देखि अहिले सम्म निरन्त पहिरो वगिरहेको छ । पाँच वटै घर भित्र लेद्रो सहितको खोला बगिरहेको छ । धन्न हिजो ठूलोकालले बाँचे त्यहाँका पाँच वटा घर परिवारका दर्जनौ मानिसहरु । केही वालवालिका धेरै बेरसम्म भित्रै थुनिए । वातवरणीय असरको कत्ति ख्याल नगरी कुनै एक समाजसेवी वा टोलवासीको माग भयो भन्दैमा धमाधम मोटरबाटो खन्ने हो भने पक्की ठानिएको पहाडी भूमि बग्दै जाँदा पहिरो भूमी बन्ने खतरा बढ्दो छ ।

त्यस्तै हुने हो कि भन्ने त्रासमा छन वेदुखर्कबासी । त्यो वस्ती रातो माटोले भरिएको भिरको टापुमा छ । त्यस भिरमा भएका केहि ढुङ्गाहरु भए पनि तल्लो मोटरबाटामा गिटी डुङ्गा उत्खनन्को खानी बनाएर तल देखि माथी सम्मको जमिन खल्बलाईएको छ । रुखले अडाउने आश थियो तर रुख संगै पहिरो झरेको छ । दुई वर्ष अघि तलको मोटरबाटोमा पहिरो जाँदा त्यसरी नै चिच्चाहट आएको थियो । वेदखर्कका रामबहादुर खाड्का लक्ष्मी कुँवर कविता कुँवरको घर देखि २ सय मिटर तल मोटरबाटो छ , घर अगाडि मोटरबाटे त्यो भन्दा सय मिटर माथि अर्को मोटरबाटो छ । तल माथी दुवैतिर मोटरबाटाको चेपुवामा आफूहरु परेको उनै लक्ष्मी कुँवरले पीडा सुनाइन् ।

माथिको मोटरबाटोबाट आएको पहिरोले घर च्याँप्यो , तलको मोटरबाटोले तान्दै छ । घरको बीचबाट खोल्सो बनेर खोला जस्तै वगेको छ उनले भनिन हामी ठुलो समस्यामा प¥र्यौ । माथीबाट झरेको पहिरोले चेन गटे र सटर क्षति हुनेगरी घर भित्र पहिरो बस्दा विपना राना बालबच्चा सहित घर भित्रै थिईन् । कसैले छतमा गएर बाँचिन्छ कि भन्ने साँेचे केहि बेरपछि जुटेका गाउँवासीले बढो मुस्कीलले बाहिर निकाले नत्र खोला पहिरोसंगै मरिन्थ्यो होला भन्छिन् उनै बिपना राना ।

एक टोल तीन मोटरबाटो
त्यो स्थानको अवस्था हेर्न पुगेका जिल्ला प्रहरी प्रमुख एसपी गोपाल चन्द्र भट्टराईले पनि तल पनि मोटरबाटो माथी पनि मोटर बाटो वस्ती जोखिमको मुख्या कारण त्यही भएको बताउँदै भन्दै थिए–‘विकासका नाममा विनास बढ्ने खतरा छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा लगायत त्यहाँ पुग्ने सबैले तल पनि मोटर बाटो , माथि पनि मोटरबाटो अनि विचमा पनि हिलाम्मे मोटरबाट नियाल्दै थिए २०÷ २२ घरधुरी भएको एउटा सानो टोलमा त एक टोल तीन मोटरबाटो छ भने अझ हालका वडा र साविका गाविसमा कति वटा मोटरबाटाहरु होलान ।
अरु कुरा छाडौं बढीमा ७ वटा घरधुरीालाई मोटरबाटो सुविधा दिनका लागि बिसौं लाख रुपैयँ सरकारी धुकुटीबाट खर्च गरिएको छ । अव त्यो मोटरबाटोले ती सात घरलाई पहिलो दोश्रो बर्ष मोटरबाटो सुविधा त देला तर केहि वर्षपछि उनिहरुलाई तलै
पहिरो माथि पहिरोले त्यो वस्तीबाटै नउठाउला भन्ने सकिन्न ।

डोजर अगाडि पसारिएका जसले ज्यान हाले
त्यस माथि डोजको मनपरि प्रयोग छ । यहाँ नखनी दिनुस् , मेरो घर बास उठ्छ भनेर दुई हात जोडेर जनताले बिन्ती विच्छाउँला पनि डोजरवाला र त्यसका सञ्चालक ठेकेदार र उनीहरुको उक्साहटमा आफ्नै प्रतिनिधी भनिएको जनप्रतिनिधीहरुको समेत त्यो सर्वसाधरण जनता माथी दादागिरी चल्छ । केहि वर्ष अघि गुल्मी कै विरवासमा घर देखि तल मोटरबाटो नखनिदिन्स । त्यहाँ खन्नु हुन्छ भने मेरै छातीमा डोजर लगाउनुस भने डोजर अगाडी पसारिए एक जना पुरुष तर त्यो मान्छे जवरजस्त हटाएर मोटरबाटो खनियो । अन्नतः अर्को दिन त्यसै मोटरबाटाको रुखमा झुण्डिएर तिनै मानिसले आत्माहत्या गरेका थिए । त्यही भोगीरहेका छन सदरमुकाम तम्घासको वेदुखर्क वासी सहित दुर्गम गाउँ सम्मका कैयौं जनताले ।

नेताको घर–वेसी गर्न मोटरबाटो
नेताको घरसम्म मात्र होइन मोटरबाटो । गएर हेर्नुस उसको खेतदेखि घरसम्म धान पराला ओसार्नका लागि समेत मोटरबाटो खनिएको छ । उ आफुले त्यसो गर्छ क्रमशः दाजुभाई , मावली ससुराली र भोटर सम्मको मन राख्ने हुँदा चिराचिरा भएको छ केहि वर्ष अघिसम्मको चट्टानी पाहडी भुमी र त्यसैको चपेटामा परेका मानिसहरुको मन छिया–छिया पारेको छ । त्यही मोटरबाटोबाट पहिरो जान्छ घर तान्छ वा च्याँप्छ । तर, बैलैमा उद्धार हुँदैन ।

यदि भयो भने पनि झारा टराई । त्यो कुनै दुर्गम गाउँको कुरा नगरौ सदरमुकामकै काँखका जनताले त्यस्तै भोग्छन् । हिजो साँझ ६ देखि ७ बजेको विचमा पहिरोले हारगुहार पा¥यो वेदखर्कवासीलाई त्यहाँ जम्मा भएका जतिले सम्वन्धित सबै पक्षलाई फोन हाने । दुई दिन घण्टा सम्म कोहि घर मै थुनिए कोही भागाभाग भए तर उद्धार गर्ने डोजर निकै अवेर आयो । त्यही आक्रोष अनि तलै मोटर बाटो माथी मोटरबाटाले वस्ती छाड्ने अवस्थामा पुगेको पिडा सुनाउँछन पहिरो पीडित वेदुखर्क निवासी तुल्सीराम कुँवर ।
आफ्नो जस्तै अरुको ठानौं

त्यो आक्रोश र पीडा वेदुखर्कका तुल्सीराम कुँवरको मात्रै होइन मोटरबाटाका कारण उच्च जोखिमा परेका,आफ्नो गाउँ वस्ती नै छोडेका र सरसम्पत्तिी अनि आफन्त गुमाएका आम नेपाली जनताको प्रतिनिधीमुलक आक्रोश र पीडा हो । वडा सदस्यदेखि माथिल्लो तहसम्मका जनप्रतिनिधि , सम्वन्धित सरकारी निकाय र माटो पाए पहाड नै भत्काएर डोजरको घण्टा बढाउने यदि कडा चट्टान पाए छुँदै नछुने ठेकेदारहरुले अरुको बारेपनि सोँच्नु पर्ने पीडित बताउँछन् ।

जनतालाई राहत कि आहत ?
नखन्नु थियो बस्ती नै जोखिम पार्ने गरि मोटरबाटो खनी हालियो भने अब ति वस्ती जोखिम मुक्त गराउन लागौ। तर दुर्भाग्य भर्खर बनाएर घर पैसो गर्ने तयारीमा रहेको २० औं लाख खर्चेको पक्की घर खोलाले तानेर विस्थापित बनायो । त्यसलाई ढल्न बाट जोखाउँ छि कि भनेर जिल्ला बाह्र चौध वटा जाली माग्न आएका एक जना ब्यक्तिले वर्ष दिन धाए , अन्ततः त्यो जाली किन्ने पैसा भन्दा बढी खर्च उनको भएको दृष्टान्तको रिर्पोटिङ्ग दुई बर्ष अघि मैले पनि गरेको थिएँ ।

हिउँदयाममा मुसिकोट नगरपालिका वडा नम्वर २ जलजले निवासी खिमबहादुर थापाको पारि ईस्मा गाउँपालिका २ भुस्खातमा रहेको गोठ जल्यो ठुलो क्षति ब्यहोरे उनले तर २५ सय रुपैयाँ राहत लिन धेरै पटक ईस्मा गाउँपालिका धाए । धेरै पटक सदरमुकाम धाए । तर अघिल्लो हप्ता सम्म पाउन नसकेको गुनासो गर्दै थिए । यो त एउटा सानो उदाहरण मात्रै हो । सरकारी राहत कुर्दा आहत पुराएका जनता धेरै छन् । धन्न देश विदेशबाट सहयोग गर्छन् ,पीडित जनताले राहत पाएका छन् ।

जनताको गास पनि खोसेर लैजान्छ सरकार
अझ भूकम्प पीडितका लागि देश विदेशबाट पठाएको सहयोग रकम सरकारले हड्पेर केन्द्रमा लग्यो । खै कहाँ गयो त्यो रकम ? के पाए जनताले ? कैयौं भूकम्प पीडितका घर अझै बन्न सकेका छैनन् । तेश्रो किस्ता नपाएर ऋण काडेको ब्याजको स्याजमा परेका छन जनता । सरकार आफूले त गर्न सकेन सकेन । विपद्मा परेको वल्लो घर परिवारलाई पल्लो घर परिवारले गरेको सहयोग पनि उल्टै खोसेर लैजानै ? यस्तो बन्द गरिनुपर्छ ।

कि जनताको २५ रुपैयाँ लैजान्छ भने सरकारले ७५ रुपैयाँ थपेर दिन सक्नु पर्छ । कोभिड १९ को महामारिमा कोभिड पीडित हरेक मुलुकको सरकारले जनतालाई राहत दियो तर खै नेपाल सरकारले यो विपतमा जनतालाई राहत दिएको ? अनि सरकारले नदिए पछि हामी जनताले आपसमा बाँडेर नखाने ?

यस्तालाई पर्छ राहत कार्यक्रम
ए साँच्ची कोभिड पीडित राहत स्वरुप कृषि विशेष कार्यक्रम अब केहि दिन पछि आउँछ होला । पोहर सालपनि आएको थियो । राहत स्वरुप आएको कोभिड विशेष कृषि कार्यक्रमबाट थुप्रै लाभान्वित पनि भएका थिए । ती थिएवडा कार्यालयकी कर्मचारी ,वडाध्यक्षकी श्रीमती, कुनै दलको टाँठो–बाठो नेता–कार्यकर्ता वा उसको नजिकको मान्छे । कोभिडका कारण रित्तै विदेशबाट भर्खर घर फर्केर आएको कृषि बिशेष कार्यक्रमको धेरै पछि नाम सुनेर थुक निल्दै थिए । तर, चार –पाँच वर्ष अघि घर आएको मान्छेले बैदेशिक रोजगार पीडितका नाममा त्यो कार्यक्रम पारिरहेका थिए ।