पाँचथर । पाँचथरका नागरिक संघसंस्थाद्वारा गठित कोभिड–१९ द्रूत प्रतिकार्य समूहले कोरोना भाइरसको सघन सङ्क्रमण भएका क्षेत्रमा एक घर एक पिसीआर परीक्षण गर्न माग गरेको छ । निषेधाज्ञा जारी भएको ३२ दिन पुग्दा समेत सङ्क्रमणको जालो नतोडिएकाले सदरमुकाम फिदिमसहित सङ्क्रमण भएका स्थानमा प्रत्येक घरका एक जना सदस्यको पिसीआर परीक्षण गर्न माग भएको हो । समूहको बैठकपछि जारी विज्ञप्तिमा परीक्षण वृद्धि र निषेधाज्ञा तथा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गरी मानवीय क्षति रोक्न पहल गर्न माग गरिएको छ । जिल्लामा निषेधाज्ञा जारी हुँदा ५७ रहेको सङ्क्रमितको संख्या अहिले एक हजार पाँच सय एक पुगेको छ ।
समूहका संयोजक एवं गैरसरकारी संस्था महासंघ पाँचथरका अध्यक्ष नन्दकुमार नेम्वाङले गम्भीर प्रकृतिको स्वास्थ्य समस्या देखिएका सङ्क्रमितहरुलाई थप उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बाध्यता रहेकाले जिल्ला अस्पतालमा सघन उपचार कक्ष ९आइसीयु० तथा भेण्टिलेटरको जडान गरी सञ्चालनमा ल्याउन माग गरे ।समूहमा गैरसरकारी संस्था महासंघ जिल्ला शाखा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, हुकोडेक नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, सुआहारा कार्यक्रम जिल्ला शाखा लगायत संघ संस्था आवद्ध छन् ।
प्रतिक्रिया