ताजा अपडेट »

पश्चिम नवलपरासीमा थप दुई संक्रमितको मृत्यु

मंगलबार, ०१ असार २०७८

परासी ।पश्चिम नवलपरासीमा आइतबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको सुनवल नगरपलिकाका दुई संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सुनवल वडा नम्बर ३ का ८० वर्षीय बृद्धको होमआईसोलेशनमा र सुनवल वडा नम्बर १२ की ६३ वर्षीय महिलाको मेडिकल कलेज भैरहवामा मृत्यु भएको छ ।

यससँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ४५ पुगेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै आइतबार जिल्लामा ५६ जना कोरोना संक्रमित निको भएका छन् । अहिलेसम्म जिल्लामा ३ हजार ८ सय ९८ जना कोरोना मुक्त भएका छन् ।

पिसिआर परिक्षणबाट ८ जना र एन्टिजिन परिक्षणबाट १२ जनामा गरी जिल्लामा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनवल नगरपालिकामा १० जना, रामग्राम र बर्दघाट नगरपालिकामा ३–३ जना, प्रतापपुर र सुस्ता गाउँपालिकामा २–२ जना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय ८५ पुगेको छ ।

अहिले पश्चिम नवलपरासीमा ४ सय ८२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । जिल्लाका आइसोलेसनमा १६ जना मात्र कोरोनाका विरामी उपचाररत छन् । जसमध्ये सुनवलमा ७, बर्दघाटमा २ जना र पृथ्वी चन्द्र अस्पताल परासीमा ७ जना विरामी उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ