असार २५,
एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत पहिलो सेमिफाइनलमा भारतलाई हराउँदै न्युजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ ।ओल्ड ट्राफोर्डमा भएको खेलमा न्युजिल्याण्डले भारतलाई १८ रनले हराएको हो । न्युजिल्याण्डको जितका लागि म्याट हेनरीले ३ विकेट लिए । हेनरी म्यान अफ द म्याच समेत बने ।
मिचेल सेन्टनर र ट्रेन्ट बोल्टको नामा २/२ विकेट रह्यो । त्यस्तै जेम्स निशम र लक्की फर्गुसनले १/१ विकेट लिए ।टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले भारतसामु २४० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।उक्त लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको भारतले निर्धारित ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २२१ रन मात्रै जोडेको हो ।
भारतका लागि रबिन्द्र जडेजा र एमएस धोनीले उत्कृष्ट साझेदारी गरेका थिए । जडेजाले ५९ बलमा ७७ ४ चौका र ४ छक्कासहित ७७ रन बनाएर आउट भए । धोनीले ७२ बलमा १ छक्का र १ चौकासहित ५० रन बनाएर आउट भए । तर यो साझेदारी जितका लागि पर्याप्त भएन ।
यता रिसभ पन्तले ५४ बलमा ४ चौकासहित ३२ र हार्दिक पाण्याले ६२ बलमा २ चौकासहित ३२ रन बनाएर आउट भए । दिनेश कार्तिक ६ र विराट कोहली, रोहित शर्मा र केएल राहुल १/१ रन बनाएर आउट भए ।केएल राहुल र रोहित शर्मालाई म्याट हेनरीले आउट गरेका थिए । शर्मा ४ बलमा १ रन र राहुल ७ बलमा १ रन मात्रै बनाएर आउट भए ।
पहिला ब्याटिङ गरेको न्युजिल्याण्डका लागि रस टेलरले ९० बलमा १ छक्का र ३ चौकासहित ७४ रन र केन विलियमसन ९५ बलमा ६ चौकासहित ६७ रन बनाएर आउट भए ।त्यस्तै हेनरी निकल्स ५१ बलमा २ चौकासहित २८, कोलिन ग्र्यान्डम १० बलमा २ चौकासहित १६ र जेम्स निशम १८ बलमा १ चौकासहित १२ रन र टोम लाथाम ११ बलमा १० रन बनाएर आउट भए । म्याट हेनरीले २ बलमा १ र मार्टिन गप्टिल १४ बलमा १ रन मात्रै बनाएर आउट भए ।
मिचेल सेन्टनर ६ बलमा १ चौकासहित ९ रन र ट्रेन्ट बोल्ट ३ बलमा ३ रन बनाउँदै अविजित रहे ।भारतका लागि भुवनेश्वर कुमारले सर्वाधिक ३ विकेट लिएका थिए । रविन्द्र जडेजा, जसप्रित बुमराह, युजबेन्द्र चहल र हार्दिक पाण्याको नाममा १/१ विकेट रह्यो । - एजेन्सी
प्रतिक्रिया