ताजा अपडेट »

विश्व कप क्रिकेट : भारत र न्यूजिल्याण्ड बीचको खेल आज पनि

बुधबार, २५ असार २०७६

असार २५,
नयाँ दिल्ली । वर्षाका कारण प्रभावित भएको एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत र न्युजिल्याण्डबिचको खेलको फैसला बुधबार हुँदैछ । मंगलबारको खेल वर्षाका कारण रोकिएको थियो ।

अम्पायरले सो खेल ‘रिजर्व डे’ अर्थात बुधबार पूरा गर्ने निर्णय लिए । बुधबार मौसम राम्रो रहे अर्थात पानी नपरेमा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे खेल सुरु हुनेछ । नियम अनुसार मंगलबार जहाँबाट रोकिएको थियो, खेल त्यहिँबाट सुरु हुन्छ । यसको अर्थ न्युजिल्याण्डले पहिले आफ्नो पारी पूरा गर्नेछ । त्यसपछि मात्रै भारतले ब्याटिङ्ग गर्नेछ । वर्षाका कारण खेल रोकिनु पूर्व न्युजिल्याण्डले ४६ ओभर एक बलमा पाँच विकेटको क्षतिमा २११ रन बनाएको छ ।

यदी बुधबार पनि पानी परेर ओभर घटाउनु परेमा न्युजिल्याण्डले बाँकी ब्याटिङ्ग गर्ने छैन र डकवर्थ लुइस नियमका आधारमा भारतले लक्ष्य पाउनेछ । सो नियम अनुसार भारतले २० ओभरमा १४८ रनको लक्ष्य पाउने छ । यस्तै २५ ओभरमा लक्ष्य १७२, ३० ओभरमा १९२, ३५ ओभरमा २०९, ४० ओभरमा २२३ र ४६ ओभरमा भारतले जितका लागि २३७ रन बनाउनु पर्ने हुन्छ ।