ताजा अपडेट »

सवारी दुर्घटनामा सशस्त्र प्रहरी जवानको मृत्यु

बुधबार, २५ असार २०७६

असार २५,

नवलपरासी । नवलपरासीको मध्यविन्दु नगरपालिका १० दुम्बिास अरुणखोला बीच जंगलमा गएराति भएको सवारी दुर्घटननामा एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।


प्रहरी चौकी अरुणखोलाका अनुसार जंगलमा रोकि राखेको ना ६ ख ५२०७ नम्बरको ट्रकसँग लु २२ प २८९९ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक पाल्पाको तिनाउ गाउँपालिका १ बस्ने २७ बर्षका भीमराजबहादुर छहरी मगरको मृत्यु भएको हो । उनी सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय रुपन्देही बाहिनी नं. ५ चनौटा कपिलवस्तु दरबन्दी भई विओपि बोगडी रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान हुन् । दुर्घटनामा गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा गएराति नै निधन भएको प्रहरीले जनाएको छ ।